“यौनिक तथा लैंगिक अल्पसंख्यकलाई समान व्यवहार र समान पहुँच आवश्यक”

“यौनिक तथा लैंगिक अल्पसंख्यकलाई समान व्यवहार र समान पहुँच आवश्यक”

अम्बिका दाहाल/ललितपुर (पहिचान) चैत्र १४ – सर्वसाधारण नागरिकले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई समाजका अरु व्यक्तिले हेर्ने दृष्टिकोण सकारात्मक हुँदै गएको प्रतिक्रिया दिएका छन् । कार्र्यक्रम पहिचानसँगको कुराकानीमा उनीहरुले मान्छे मान्छेबीच फरक व्यवहार हुन नहुने वताए ।

जवालाखेलको मानभवनमा पसल संचालन गरेर बसेकी कौसिला सुब्बाले घर परिवारले फरक पहिचान भएको समुदायलाई सकारात्मक व्यवहार गर्नु पर्ने वताइन । घर, परिवारसँगै समाज, राज्यले समलिंगी तेस्रोलिंगीलाई मानविय व्यवहार गर्नु पर्छ सुब्बाले भनिन्, समान व्यवहार भएमा यो समुदायका व्यक्तिहरुले आफूलाई फरक भएको महसुस गर्दैनथे ।

उनले पहिलाको तुलनामा यो समुदायलाई गर्ने व्यबहारमा केही परिवर्तन आएको अनुभव सुनाइन । पहिला यो समुदायका व्यक्ति सडकमा हिड्दा अपशव्द प्रयोग गरेको सुनिन्थ्यो मान्छेको व्यवहार परिवर्तन भएको अनुभव सुनाउँदै उनले भनिन, अहिले त्यस्ता शब्द सुन्न परेको छैन । जनचेतनाको विकाससँगै समलिंगी तेस्रोलिंगी प्रति हुँदै आएको नकारात्मक व्यवहार सकारात्मक तर्फ अगाडी बढ्ने सुब्बाको विश्वास छ ।

उनले सकारात्मक व्यवहार र समान पहुँचका लागि संचार माध्यमको भूमिका महत्वपूर्ण हुने वताउँदै यो समुदायको संचारमाध्यममा पहुँच बढाउनु पर्ने सुझाव दिइन ।

पाँचथरबाट काठमाडौं घुम्न आएकी सरिता लिम्वुले आफ्नो गाउँमा दुई जना तेस्रोलिंगी व्यक्ति रहेको जानकारी दिइन । मेरो गाउँमा दुई जना तेस्रोलिंगी छन् उनीहरुलाई गाउँमा कुनै पनि विभेद छैन उनले भनिन्, शहरमा कस्तो छ भन्ने जानकारी पाएको छैन । उनले महिला पुरुष सरह यौनिक तथा लैंगिक अल्पसंख्यकलाई समान व्यवहार गर्नुपर्नेमा जोड दिइन ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.