तनहुँमा दुई सय तेस्रोलिंगी नील हिरा समाजको सम्पर्कमा

तनहुँमा दुई सय तेस्रोलिंगी नील हिरा समाजको सम्पर्कमा

तनहुँ (पहिचान) चैत्र १७ कार्यालय स्थापनाको तीन महिनामा तनहुँमा दुई सय यौनिक तथा लैंगिक अल्पसंख्यक सम्पर्कमा आएको नील हिरा समाज तनहुँले जनाएको छ । तीन महिना अघि मात्र सत्यवति मार्ग दमौलीमा कार्यालय स्थापना गरेको नील हिरा समाजमा दुई सय समलिंगी तेस्रोलिंगीहरु सम्पर्कमा आएका हुन् ।
‘हामीले कार्यालय स्थापना गरेर काम गर्न थालेको तीन महिना भयो, यो अवधीमा २ सय जना समुदायका सदस्य सम्पर्कमा आएका छन्,’ नील हिरा समाज तनहुँकी प्रमुख सिहानीया सिजापतीले पहिचानसँग भनिन्, ‘उनीहरु घर, परिवार, समाजको डरले लुकेर बसेका रहेछन ।’ उनले त्यसरी खुलेर आउँदा समलिंगी तेस्रोलिंगीहरु कुल जनसंख्याको आठ देखि १० प्रतिशत हुने बताइन् । ‘नील हिरा समाजको साखा कार्यालयले निशुल्क रुपमा एचआइभी र यौन रोग परिक्षण गर्नुको साथ साथै त्यो सम्बन्धि परामर्श र मानब अधिकार सम्बन्धि परामर्श दिने काम गरेकाले धेरै समुदायका मानिसहरु खुले आएका हुन्’ सजिापतिले भनिन् ।
परिवारले तेस्रोलिंगी भएकै आधारमा फरक व्यवहार नहोस भनेर अरुलाई सम्झाउने सिजापतिले तनहुँ जिल्लामा समलिंगी तेस्रोलिंगीहरुले धेरै मात्रामा लाञ्छना र भेदभाव पाए पनि पछिल्लो तीन महिनामा त्यस्तो किसिमको फरक व्यबहार कम भएको बताइन् । ‘यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय समलिंगी तेस्रोलिंगी समुदाय प्राकृतिक हुन र उनीहरुलाई पनि बाच्न पाउने अधिकार छ,’ सिजापतिले भनिन्, ‘समलिंगी तेस्रोलिंगीले तिरेको करले राष्ट्र निर्माण गर्न सक्ने तर समलिंगी तेस्रोलिंगीलाई राष्ट्रको बिकास पक्षमा नराख्ने ठुलो बिडम्बना छ यसलाई सच्याउनुपर्छ ।’
उनले तनहुँमा रहेका समलिंगी तेस्रोलिंगी आफनो परिचय दिन पनि नसक्ने अवस्था विगतमा रहेको भन्दै जनचेतनामा बृद्धि भएका कारण त्यो अवस्थामा सुधार भएको बताइन् । ‘समलिंगी तेस्रोलिंगीहरु पनि उनै बाबुआमाबाट जन्मने हुन् र त्यसरी जन्मनु कुनै अपराध हैन’ सिजापतिले भनिन् ।
उनले नेपाल सरकारले यो समुदायलाई स्वास्थ्यको क्षेत्रमा सहयोग नगरेका कारण कुनै समस्या देखिएमा अरु अस्पतालमा रिफर गर्नुपर्ने बाध्यता रहेको पनि बताइन । उनले समाजले हेर्ने दृष्टिकोण फरक नै रहेको भन्दै कार्यालयका लागि घर खोज्न जाँदा घर नपाएको उदाहारण पनि आफूसँग ताजै रहेको बताइन् । ‘तर विभेद विस्तारै कम हुदै जान्छ जस्तै तनहुँमा हामीले गरेको एउटा कार्यक्रमबाट धेरैले यो समुदायको बिषयमा बुझ्ने मौका पाए उनले भनिन् । ‘सरकारी निकायहरुमा पनि हामीसँगको ‘कोअर्डिनेशन’ राम्रो रहेको छ र सहयोग पनि पाइरहेका छौं’े उनले भनिन् । सजिापतिले गैर सरकारी संस्थाहरुमा पनि राम्रै समन्वयन भएको बताइन् ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.