‘गीतले तेस्रोलिंगीलाई समेट्नुपर्छ’

‘गीतले तेस्रोलिंगीलाई समेट्नुपर्छ’

537
SHARES

काठमाडौं (पहिचान) चैत्र १९ – गायिका सुजाता उपाध्यायले समलिंगी तेस्रोलिंगीका विषयमा पनि गीत गाउन सकिने बताएकी छन् । महिला, दलित, जनजातीका विषयमा जस्तै यौनिक तथा लैंगिक अल्पसंख्यकका विषयमा पनि गीत गाउन सकिने उनको धारणा छ ।
“गीत संगीत समाजको दर्पण हो । समाजका विषयलाई गीतसंगीतले उठाउने हो,” गायिका उपाध्यायले भनिन्,“अन्य समुदायका गीत गाए जस्तै समलिंगी तेस्रोलिंगीका विषयमा पनि गीत गाउन सकिन्छ ।”
समाजले अझै पनि यौनिक तथा लैंगिक अल्पसंख्यकबारे धेरै कुरा बुझी नसकेका कारण उनीहरुका बारेमा साहित्य सिर्जना हुन नसकेको उनको भनाइ छ ।
अन्य देशमा समलिंगी तेस्रोलिंगीका विषयलाई गीतमा उठाउन थालिएको भन्दै उनले भनिन्, “अन्य देशमा समलिंगी तेस्रोलिंगीका गीत गाउन थालिएको छ । नेपालम पनि एक दुई यस्ता गीत रेकर्ड भए जस्तो लागेको छ । अब यसले निरन्तरता पाउनुपर्छ ।”
“महिला पुरुष सरह समलिंगी तेस्रोलिंगी पनि समान भएकाले उनीहरुले पनि महिला पुरुषले जस्तै अधिकार पाउनु पर्छ,” गायिका उपाध्यायले भनिन्, “सिमान्तकृत वर्गलाई जस्तै यो समुदायलाई पनि राज्यले आरक्षणको व्यवस्था गरिदिनुपर्छ ।”

समाचार शेयर गर्नुहोस्
537
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.