निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

“तेस्रोलिंगीलाई समावेश नगर्नु राज्य र दलहरुको कमजोरी”

“तेस्रोलिंगीलाई समावेश नगर्नु राज्य र दलहरुको कमजोरी”

599
SHARES

अम्बिका दाहाल/काठमाडौं (पहिचान) चैत्र २० – नयाँ शक्ति पार्टी नेपालका नेताहरुले निस्वार्थ भावना बोकेका यौनिक तथा लैंगिक अल्पसंख्यकलाई राज्य र दलहरुले समावेश नगर्नु कमजोरी भएको वताएका छन् । ठूलो संख्यामा रहेका यो समुदायको बारेमा नयाँ शक्तिले बहस सुरु गरेर तेस्रोलिंगी पिंकी गुरुङलाई कार्यकारी समितिमा समावेश गरेको उनीहरुले वताए ।

चुनाव चिन्हको विरोधमा निर्वाचन कार्यालयमा धर्ना दिन गएका नयाँ शक्ति पार्टी नेपाल काठमाडौंका संयोजक इश्वर रिजालले पहिचान अनलाइनसँगको कुराकानीमा यो समुदायलाई कानुनमा उल्लेख गरेर देशको समृद्धिको योजना कार्यान्वयनमा परिचालन गराउनु पर्ने वताए । “उनीहरुसँग लोभ लालच देखेको छैन रिजालले भने, यो समुदायलाई राज्यले ठिक ढंगले संवोधन गर्नुपर्छ ।”

अभिनेतृ एवं नयाँ शक्ति नेपालकी नेतृ करिष्मा मानन्धरले आफ्नो पार्टीले यौनिक अल्पसंख्यकलाई समेटेको वताउँदै आफ्नो अधिकारका लागि लड्न सुझाव दिइन । “म समलिंगी तेस्रोलिंगीसँग नजिक छु मानन्धरले भनिन्, बल्ल ९ लाख खुलेर आएका छन्, सहज वातावरण वनाउन सके अप्रत्यक्ष रुपमा आफ्नो पहिचान दवाएर बसेकाहरु पनि खुलेर आउने थिए ।”

नयाँ शक्तिका अर्का नेता परसुराम तामाङले लोकतन्त्रको लडाईमा तेस्रोलिंगी आउनु पर्ने वताए । अहिले दलतन्त्र मात्रै भएको वताउँदै तामाङले लोकतन्त्रको लडाईमा रहेको नयाँ शक्तिले तेस्रोलिंगीको मुद्धा पनि साझा मुद्धा हो भनेर साथै लिएर अगाडी बढेको वताए । केन्द्रीय परिषद् सदस्य इन्द्रराज भट्टराईले यौनिक तथा लैंगिक अल्पसंख्यक सहित सबै समुदायलाई समेटेर पार्टी अगाडी बढेको वताए ।

भट्टराईले यौनिक अल्पसख्यकलाई साथ लिएर इन्द्रेणी राष्ट्रियताको रुपमा लडाई लड्ने प्रतिवद्धता जनाए । “यो समुदायलाई राजनीतिमा अगाडी ल्याउनु जरुरी छ उनले भने, राज्यका विभिन्न तहमा यो समुदायको प्रतिनिधित्व हुनु पर्छ अनि मात्रै अधिकारका लागि लड्न सकिन्छ ।”

केन्द्रीय कार्यकारी समिति सदस्य एवं नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुगंले राजनीतिक अधिकार स्थापित गर्न र राजनीतिक अभियान चलाउन समुदायका सदस्यको पार्टीमा क्रियाशिलता बढेको वताइन । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको भावनालाई नया शक्ति पार्टीले आत्मसाथ गरेको बताउँदै गुरुगंले राजनीतिक लडाइसंगै तेस्रोलिंगी समुदायको मुद्धा स्थापित गर्ने अभियान जारी रहेको वताइन । “समलिंगी तेस्रोलिंगी अझै पनि समाजबाट सोषित, पीडित भएको भन्दै उनले भनिन हामी समाजबाट सोषित भए पनि समाजलाइ केही योगदान दिन सक्छौ भन्ने सोचका साथ अगाडी बढेका छौ ।”

नया शक्ति पार्टीले देश व्यापिसुरु गरेको धर्ना कार्यक्रममा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले पनि सहभागिता जनाएका छन् ।

समाचार शेयर गर्नुहोस्
599
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.