तेस्रोलिंगी मतादाताको संख्या किन घट्यो ?

तेस्रोलिंगी मतादाताको संख्या किन घट्यो ?

काठमाडौं (पहिचान) चैत्र २१ – निर्वाचन आयोगले सार्वजनिक गरेको मतदाता नामावलीमा तेस्रोलिंगी मतदाताको संख्या १४३ मात्र छ । जबकी नेपालको जनसंख्याको ८ प्रतिशत संख्या तेस्रो लिंगी रहेको तेस्रोलिंगी सम्बद्ध संघ संस्थाहरुले दाबी गर्दै आएका छन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावली अनुसार ४ वर्षअघिको दोस्रो संविधानसभा निर्वाचनको भन्दा यसपटक तेस्रो लिंगी मतदाताको संख्या घटेको छ ।

वि. सं. २०७० मा देशभरमा १५१ तेस्रोलिंगी मतदाता देखिएका थिए । अहिले झन घटेको छ । यसपटक सबैभन्दा धेरै सप्तरीमा २१ जना तेस्रो लिंगी मतदाताको पहिचान खुलाइएको छ भने दोस्रोमा पर्सा जिल्लामा १५ जना देखिएका छन् । त्यस्तै काठमाडौंमा ११ जना र बारामा १० जना तेस्रो लिंगी मतादाताको पहिचान खुलाइएको छ ।

त्यस्तै धनुषामा ६, सर्लाहीमा ५, भक्तपुर, रुपन्देही, मकवानपुर र कास्कीमा पाँच-पाँच जना तेस्रोलिंगी मतदाता छन् । संयोग के देखिन्छ भने तेस्रो लिंगी मतदाता अधिकांश तराईका जिल्लामा बढी देखिएका छन् ।

धेरैजसो पहाडी जिल्लामा तेस्रो लिंगी मतदाता देखिएका छैनन् र भएका ठाउँमा पनि एक वा दुईको संख्यामा छन् । नील हिरा समाजका अध्यक्ष पिंकी गुरुङले भने नागरिकतामा तेस्रो लिंगी नखुलाइएका कारण मतदाता संख्या कम देखिएको दाबी गरिन् ।

गुरुङले भनिन्- ‘नागरिकतामा महिला वा पुरुषमात्र लेखिएको छ । त्यहि आधारमा मतदाता नामावलीमा राखिने हो । पछिल्लो समय तेस्रोलिंगी पनि नागरिकतामा लेख्न थालिएको छ । मेरो नागरिकतामा पनि सन्जिव गुरुङ छ ।’

निर्वाचन आयोगका अनुसार कुल १ करोड ४० लाखि ५४ हजार ४८२ मतादाता मध्ये पुरुषाको संख्या ७० लाख ६९ हजार ७१४ छ भने महिलाको संख्या ६९ लाख ८४ हजार ६२५ रहेको छ ।

साभार : http://www.onlinekhabar.com/

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.