‘एलजीबीटीआइले खुलेर मतदाता नामावलीमा नाम नलेखाए जस्तै हो दलहरुले एलजीबीटीआईलाई अधिकार दिन नसकेको’ : मिनेश घिमिरे

‘एलजीबीटीआइले खुलेर मतदाता नामावलीमा नाम नलेखाए जस्तै हो दलहरुले एलजीबीटीआईलाई अधिकार दिन नसकेको’ : मिनेश घिमिरे

काठमाडौं (पहिचान) चैत्र २३ – राजनीतिक विश्लेषक मिनेश घिमिरेले समाज विकास नभइसकेका कारण यौनिक तथा लैंगिक अल्पसंख्यकले अधिकार प्राप्त गर्न नसकेको बताएका छन् । पहिचानसँगको कुराकानीमा विश्लेषक घिमिरेले सामाजिक मूल्यमान्यताबाट रारजनीति र समाज माथि उठ्न नसक्दा धेरै प्रकारका अधिकार कुण्ठित भएको बताए ।

त्रिभूवन विश्वविद्यालयका उपप्रध्यापक समेत रहेका घिमिरेले बााहिर धेरै प्रगतिशील मान्छेसमेत आत्मगतरुपमा ‘कन्र्जभेटिभ’ नै बनिदिदा नयाँ विषयहरुको संबोधन र परिवर्तनको व्यवस्थापन हुन नसक्ने बताए ।
‘हुन त एलजीवीटीआइ इश्युमा नेपाल दक्षिण एसियामै सबैभन्दा अगाडी छ र हाम्रो समाज पनि दक्षिण एसियाको सबैभन्दा उदार मानिन्छ,’ घिमिरेले भने, ‘तर, न त यौनिक तथा लैंगिक अल्पसंख्यकहरु ठुलो संख्यामा खुलेर आफ्नो गतिविधि संचालन गरिरहेका छन्, न त उनीहरुलाई अधिकार दिनुपर्ने निकायहरु प्रगतिशील ढंगले अगाडी बढेका छन् ।’ उनले हाम्रो समाज धर्म वा दर्शनमा आधारित नभएर धार्मिक रुढीवादी संस्कारबाट संचालित भएकाले समस्या देखिएको बताए ।
‘निर्वाचन आयोगले संकलन गरेको फोटोसहितको मतदाता नामावलीमा १४३ जना तेस्रोलिंगीले मात्र नाम लेखाउनुभएको छ, यो सम्बन्धित समुदायको निष्कृयता र सामाजिक जटिलताको परिणाम हो,’ घिमिरेले भने, ‘दल र सरोकारवाला निकायले एलविबिटिआईहरुलाई अधिकार नदिएको विषय पनि यस्तै नै हो ।’ उनले समाजका अगुवाहरुले जतिसुकै आफूलाई आधुनिक देखाउने प्रयास गरेपनि आन्तरिक रुपमा आधुनिकता र परिवर्तन स्वीकार नगर्दासम्म त्यसमा सुधार नआउने बताए ।
घिमिरेले समाज परिवर्तन र परिवर्तनलाई स्वीकार गर्न समय आवस्यक हुने भन्दै केही समय पछि यौनिक तथा लैंगिक अल्पसंख्यकका विषय पनि सामान्यीकरण हुँदै जाने बताए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.