केटाले केटालाई “लभ लेटर” लेख्दा १२ दिन अस्पताल भर्ना

केटाले केटालाई “लभ लेटर” लेख्दा १२ दिन अस्पताल भर्ना

रुपन्देही (पहिचान) चैत्र २५ – यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका एक व्यक्ति आफ्नो पहिचान थाहा नपाउँदा १२ दिन अस्पतालमा भर्ना हुनु परेको छ । केटा भएर केटालाई लभ लेटर पठाउने रुपन्देही देवदहका लक्ष्मण गुरुङ समलिंगी तेस्रोलिंगीबारेको परामर्स पाएपछि घर फिर्ता भएका हुन् ।

म को हुँ ? मेरो पहिचान के हो ? मैले को सँग माया गर्न पाउनु पर्छ भन्ने कुरा थाहा नहुँदा गुरुङ मानसिक बिरामी भएर अस्पताल भर्ना भएका थिए । आफु भन्दा दोब्बर उमेरले जेठो पुरुषलाई मन पराएको कुरा पत्र मार्फत जानकारी गराउदा उक्त व्यक्तिले केटा भएर केटालाई चिट्ठी लेख्ने ? यो कस्तो मान्छे हो ? भन्दै गाउ भरी हल्ला गरिदिए पछी गुरुङ मानसिक तनावका कारण १२ दिन देखि भैरहवाको मेडिकल कलेजमा भर्ना भएका थिए ।

उनले आफ्नो बारेमा त्यही काम गर्ने कर्मचारीलाई जानकारी गराए पछी सो अस्पातलका कर्मचारीले नील हिरा समाज रुपन्देहीकी मानब अधिकार रक्षक आनिक रानालाई खबर गरेका थिए । आफूले त्यहाँ गएर लक्ष्मण गुरुङलाई भेटी यौनिक तथा लैंगिक अल्पसंख्यक र समलिंगी तेस्रोलिंगीको बारेमा परामर्श गरेपछि हाल लक्ष्मण गुरुङमा मानसिक तनाबमा कमी आएको र अस्पातलबाट डिस्चार्ज गरी घर फिर्ता भएका रानाले जानकारी दिइन ।

कभर तस्विर : इन्टरनेट

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.