संविधानले दिएको अधिकार अब कसैले रोक्न सक्दैन : एमाले सांसदहरु

संविधानले दिएको अधिकार अब कसैले रोक्न सक्दैन : एमाले सांसदहरु

761
SHARES

काठमाडौं (पहिचान) चैत्र २६ – नेकपा एमालेका सांसदहरुले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई संविधानले अधिकार प्रदान गरिसकेको भन्दै अब कसैले रोक्न नसक्ने बताएका छन् । पहिचानसँगको कुराकानीमा सांसदहरु पार्वत गुरुङ र अमर शर्मा (देवराज भार)ले यौनिक तथा लैंगिक अल्पसंख्यकका अधिकार कसैले पनि रोक्न नसक्ने बताए ।
‘यौनिक तथा लैंगिक अल्पसंख्यकहरुले नागरिकको हैसियतमा समान अधिकार प्राप्त गरिसकेका छन्,’ सांसद शर्माले भने, ‘त्यसैले अब समलैंगिक विवाह होस वा अन्य नागरिकका समान अधिकार कसैले पनि रोक्न सक्दैन ।’ उनले नागरिक अधिकार कसैले पनि रोक्न नसक्ने भन्दै झन समलिंगी तेस्रोलिंगीका अधिकार संविधानले नै लेखिसकेकाले कसैले रोक्न नसक्ने बताए । ‘संविधानले नै यौनिक तथा लैंगिक अल्पसंख्यक भनेर संविधानबाटै समान हक अधिकार दिएपछि उनीहरुलाई विवाहको अधिकार दिन्न भन्ने को ?’ उनले प्रश्न गरे ।
सांसद पार्वत गुरुङले यौनिक तथा लैंगिक अल्पसंख्यकलाई पार्टीले स्थानीय चुनावमा सहभागि गराउँदै उनीहरुको प्रतिनिधित्व पनि सुनिश्चित गर्ने बताए । संविधान र कानुनले मात्र हैन व्यवहारिक रुपमा उनीहरुलाई राजनीतिक समायोजन गरी मुलधारमा ल्याउनुपर्ने गुरुङले बताए ।
‘हुन त अहिले स्थानीय तहमा प्रतिनिधि संख्या धेरै घटेको र चुनाव जित्नुपर्ने बाध्यता सबै पार्टीहरुलाई छ र एमालेलाई पनि छ,’ गुरुङले भने, ‘तर, यौनिक तथा लैगिक अल्पसंख्यक समुदायले क्रियाशीलता देखाएमा पछि मानोनयन गर्ने कोटाबाट ल्याउन र प्रतिनिधित्व सुनिश्चित गर्न सकिन्छ ।’ उनले मनोनित कोटा भनेकै अल्पसंख्यकका लागि भएको भन्दै त्यसमा यौनिक अल्पसंख्यक पनि हकदार हुने बताए ।

समाचार शेयर गर्नुहोस्
761
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.