‘हामी कमजोर छैनौं’

‘हामी कमजोर छैनौं’

काठमाडौं (पहिचान) चैत्र ३० – तेस्रोलिंगी सन्ध्या लामाले समलिंगी तेस्रोलिंगीले अवसर पाए महिला पुरषसरह जुनसुकै काम गर्नसक्ने बताएकी छन् । अवसर नपाएकै कारण यौनिक तथा लैंगिक अल्पसंख्यकको प्रतिभा मरिरहेको उनको भनाइ छ ।
“अवसर पाए हामी पनि महिला पुरुष सरह काम गर्न सक्छौं,” उनी भन्छिन्, “हामीलाई देख्ने वित्तिकै यिनीहरुले केही गर्नै सक्तैनन् भन्ने सोचिन्छ । जसका कारण हामीले अवसर नै पाएका छैनौं । त्यसैले हमीले काम गरेर देखाउनै पाएनौं । तर हामी आफैंमा कमजोर भने छैनौं ।”
समलिंगी तेस्रोलिंगीलाई राज्यले अन्य पछाडी परेको वर्गलाई जस्तै माथि उठाउन विशेष व्यबस्था गर्नुपर्ने लामको जिकिर छ । “दलित जनजाती, सिमान्तकृत समुदायलाई जसरी सरकारले आरक्षण दिएको छ । त्यस्तै हामीलाई पनि दिनुपर्छ,” नील हिरा समाज शाखा कार्यालय वीरगञ्जकी कार्यक्रम संयोजक समेत रहेकी उनले भनिन्, “जसरी म एक तेस्रोलिंगी भएर कार्यक्रम संयोजकको जिम्मेवारी निभाइरहेको छु । सरकारले पनि हामीलाई सरकारी सेवामा सहज प्रवेशको व्यबस्था मिलाइदिने हो भने हामी पनि राज्यको उपल्लो निकाय र तहमा पुग्न सक्छौं ।”
समाजले समलिंगी तेस्रोलिंगीलाई विस्तारै बुझ्न थाले पनि अझै कतिपय ठाउँमा सकारात्मक बुझाइ नरहेको उनको गुनासो छ । सरकारले संविधानमै समलिंगी तेस्रोलिंगीका बारेमा उल्लेख गरे पनि दुरदराजका गाउँमा अझै पनि यौनिक तथा लैंगिक अल्पसंख्यकलाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन आउन नसकेको उनको भनाइ छ ।
“मलाई नै केही दिन अगाडि विना कारण दुरव्यवाहार भयो मैले सहनै सकिन त्यही भएर म प्रशासनसम्म पुँगे,” सन्ध्याले भनिन्, “यदी मेरो गल्ति थियो भने म उजुरी गर्न पनि जान्न थिएँ होला र प्रशासनले पनि मेरो पक्षमा निर्णय गर्दैन थियो होला ।”
विना गल्ति पनि समाजको भय र त्रासले बस्ने गरेकै कारण यौनिक अल्पसंख्यकमाथि दुरव्यवहार भइरहेको उनको बुझाई छ ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.