अविरल अञ्जली : नेपाल साप्ताहिकको कभरेज

अविरल अञ्जली : नेपाल साप्ताहिकको कभरेज



काठमाडौं (पहिचान) बैशाख ५ – मुम्बईको ल्याक्मे फेसन विकको पछिल्लो संस्करणका विभिन्न २० सोमा क्याटवाक गरिन् अञ्जली लामा, ३२, ले । बर्सेनि दुईपटक आयोजना हुने यो फेसन सप्ताहलाई लामाको सहभागिताले गत वर्ष विशेष बनाइदियो ।

कारण थियो, लामा ट्रान्सजेन्डर थिइन् र ल्याक्मेको १८ वर्षे इतिहासमा त्यस्तो पहिलो सहभागी । नुवाकोटको सामान्य परिवारमा छोराका रूपमा जन्मिएकी उनमा हुर्कंदै जाँदा छोरीका गुणहरू हाबी भइदिए । तर, पुरातनवादी समाजको समस्या त्यसलाई नबुझ्नु र बुझ्न नखोज्नु दुवै थियो ।

त्यतिबेला उनको नाम नै नवीन लामा थियो । अन्तत: उनी अञ्जली लामा भइन् । ल्याक्मेमा फेसन विकमा समेत उनी ट्रान्सजेन्डरको रूपमा होइन कि अन्य सुन्दरीहरूसरह नै र्‍याम्पमा उत्रेकी थिइन् ।

संसारलाई यी ‘सुपरमोडल’को सुन्दरतासँगै मुम्बई पुग्दासम्मको कथा रोचक लाग्यो । अञ्जली संसारभरका सञ्चार माध्यममा छाइन् । फेसन जगत्को नयाँ आयाम र दक्षिण एसियामा सीमान्तीकृत ट्रान्सजेन्डर समुदायमा आएको बदलावको प्रतीकका रूपमा उनलाई हेरियो ।

वास्तवमा नवीन छोडेर अञ्जलीलाई आत्मसात् गर्नु आफैँमा एउटा क्रान्ति थियो भने नुवाकोटदेखि ल्याक्मेसम्मको यात्राचाहिँ संघर्ष र धैर्यको फल ।

साभार : नेपाल साप्ताहिक

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.