नयाँ शक्तिले तेस्रोलिंगीलाई स्थानीय चुनावमा उम्मेदवार बनाउने

नयाँ शक्तिले तेस्रोलिंगीलाई स्थानीय चुनावमा उम्मेदवार बनाउने

विनोद विसी/रुपन्देही (पहिचान) बैशाख ६ – डाक्टर बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल पार्टीले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका सदस्यलाई पनि स्थानीय चुनावमा उम्मेदवार बनाउने तयारी गरेको छ । नयाँ शक्तिले जनसंख्याका आधारमा यो समुदायका सदस्यलाई स्थानीय चुनावमा उम्मेदवार बनाउने प्रतिवद्धता जनाएको हो ।

दलिय चुनाव चिन्हको माग गर्दै नयाँ शक्ति सहित ६८ दलले गरेको आन्दोलनमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका सदस्यले एक्यवद्धता जनाइरहेका छन् । नयाँ शक्तिमा नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङ सचिवालय सदस्य छन भने नयाँ शक्तिले यौनिक तथा लैंगिक अल्पसंख्यक केन्द्रिीय समिति समेत गठन गरिसकेको छ ।

रुपन्देहीको सिद्धार्थनगरमा नयाँ शक्तिको चुनाव प्रचार प्रसार कार्यालयको उद्धघाटन गर्दै केन्द्रिय परिषद सदस्य किस्मत वि.क.ले सामाजिक रुपान्तरणका लागि नयाँ शक्ति नेपालले सबै जातजाति, धर्म, वर्ण र लिंगलाई समेटेर चुनावमा जाने बताए । वि.क.ले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई पनि जनसंख्याको आधारमा चुनावमा लैजाने वताए ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.