अधिकारकर्मी तेस्रोलिंगी सुशीलाको व्यवसायिक फड्को

अधिकारकर्मी तेस्रोलिंगी सुशीलाको व्यवसायिक फड्को

काठमाडौं (पहिचान) बैशाख ७ -तेस्रोलिंगी अधिकारकर्मी सुशीला लामाले काठमाडौंको संखमुलस्थित शंखमुल टावरमा जुत्ता पसल सुरु गरेकी छन् । दुइमहिना अघि देखि अंशु लेडिज एण्ड जेण्स सुज सेन्टरको नाममा पसल सुरु गरेकी लामाले केही दिन अघि मात्र भव्य उदघाटन गरी पसलको ब्राण्डिङ गरिन् ।
‘जीवनमा धेरै मोडहरु पार गरियो, अब व्यवसायिक जीवन विताउनेगरी जुत्ताबाट व्यापार सुरु गरेकी छु,’ सुशीलाले पहिचानसँग भनिन्, ‘यहाँ महिला, पुरुष र तेस्रोलिंगीहरु सबैले ठिकै क्वालिटिको सस्तो देखि महङ्गो मूल्यका ‘ब्राण्डेड’ जुत्ता खोज्नेसम्मका माग पुरा गर्नेगरी पसल संचालन गरेकी छु ।’ १२ लाख रुपैयाँ लगानी गरेकी लामाले मासिक १५ हजार भाडा बुझाउनुपर्छ ।
‘अहिले भर्खरै सुरु भए पनि व्यापार राम्रै सुरुवात भएको छ,’ सुशीलाले भनिन्, ‘विस्तारै व्यपारमा थप सुधार आउने र व्यसायिक जीवन सन्तोषजनक हुने अपेक्षा गरेकी छु ।’ पछिल्लो समय समलिंगी तेस्रोलिंगीहरु व्यवसायिक जीवनमा प्रवेश गर्नेक्रम बढिरहेको छ ।
‘नील हिरा समाज र दातृ निकायको सहयोगमा मात्र रोजगार भएर त्यो स्थायी हुन सक्दैन,’ सुशीलाले भनिन्, ‘समलिंगी तेस्रोलिंगीहरु व्यवसायिक जीवनमा प्रवेश गर्ने र स्वावलम्बी बन्ने हो भने सम्मानपूर्ण जीवन विताउन सकिन्छ ।’

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.