यौनिक अल्पसंख्यकलाई स्थानीय चुनावमा उम्मेदवारी दिएर प्रचार प्रसारमा लाग्न निर्देशन

यौनिक अल्पसंख्यकलाई स्थानीय चुनावमा उम्मेदवारी दिएर प्रचार प्रसारमा लाग्न निर्देशन

काठमाडौं (पहिचान) बैशाख ७ – नील हिरा समाजले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका सदस्यलाई विचार मिल्ने दलबाट स्थानीय चुनावमा उम्मेदवारी दिन अपिल गरेको छ । समाजकी अध्यक्ष पिंक गुरुङ र कार्यकारी निर्देशक मनिषा ढकालले संयुक्त रुपमा अनिवार्य रुपमा आ आफ्नो स्थानीय तहमा उम्मेदवारी दिन अपिल गरेका हुन् ।

अधिकार प्राप्तिको अभियानलाई उचाईमा पुर्याउने यो उपयुक्त मौका भएको भन्दै समाजले उम्मेदवारी दर्ता गरेर नील हिरा समाजमा जानकारी गराउन निर्देशन समेत दिएको छ । ‘नेपालको इतिहासमा पहिलो पटक संबैधानिक अधिकार पाउनु समुदायका सदस्यका लागि गर्वको कुरा हो समाजले जारी गरेको अपिलमा लेखिएको छ अधिकार प्राप्तिको जारी अभियानलाई उचाईमा पुर्याउने अहिले उपयुक्त मौका आएको छ ।’

दलहरुले निर्वाचन आयोगमा जनाएका प्रतिवद्धतालाई व्यवहारमा उतार्न आ आफ्नो ठाउँबाट विचार मिल्ने राजनीतिक दलबाट स्थानीय तहको सदस्य देखि अध्यक्ष पदसम्म आफू अनुकुल आफ्नो उम्मेदवार सुनिश्चित गर्न अध्यक्ष गुरुङ र कार्यकारी निर्देशक ढकालले निर्देशन दिएका हुन् ।

स्थानीय तहमा आफ्नो उम्मेदवारी सुनिश्चित गरेर प्रचार प्रसारमा जुट्न पनि समुदायका सबै सदस्यलाई समाजले आग्रह गरेको छ । उम्मेदवारी दिने समुदायका सदस्यले तत्काल नील हिरा समाजमा नाम टिपाएर अध्यक्ष पिंकी गुरुङसँग सम्पर्क गर्नु भनिएको छ ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.