चार महिनामा १८ जनालाई एचआइभी संक्रमण

चार महिनामा १८ जनालाई एचआइभी संक्रमण

इन्दिरा न्यौपाने/मकवानपुर (पहिचान) बैशाख १० – चार महिनामा १८ जनालाई एचआइभी संक्रमण भएको फेला परेको छ । सेभ द चिल्ड्रेनको सहयोगमा नील हिरा समाजले संचालन गरेको एचआइभी रोकथाम तथा उपचार सेवा कार्यक्रमको चार महिनामा १८ जनामा एचआइभीको संक्रमण भएको परिक्षणका क्रममा देखिएको हो ।
नील हिरा समाजमा कार्यरत प्रकाश निरौलाले लुप र कण्डमको अभावका कारण लक्ष्य भेट्टाउन मुश्किल परेको वताए । मकवानपुरको हेटौडामा भएको परामर्स भेलामा निरौलाले फेला परेकामा १३ जना समलिंगी पुरुष र ५ जना तेस्रोलिंगी रहेको जानकारी दिए । भेलामा संस्थाबाट प्राप्त सेवा, सुविधालाई निरन्तरता दिदै यो समूदायलाई आगामी दिनमा थप सेवा सुविधा र अधिकारहरु प्रत्याभुत गराउन अपनाउनुपर्ने रणनीतिबारे छलफल गरिएको छ ।
विभिन्न जिल्लाबाट २८ जना सहभागी समलिंगी तेस्रोलिंगीहरुले एच आई भी संक्रमणको उपचार र रोकथाम बाहेक विभिन्न शिक्षा स्वास्थ्य रोजगार अवसर लगायतका बिषयहरु कमी भएको र व्यक्तिले पाउने नैसर्गिक अधिकार उपभोगमा पनि बाधा अबरोध भैरहेकोले त्यस्ता विषयलाई अगाडी ल्याउनुपर्ने वताए ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.