विभेद अन्त्यका लागि सहयोग गर्ने प्रतिबद्धता

विभेद अन्त्यका लागि सहयोग गर्ने प्रतिबद्धता

राज चौधरी/कैलाली (पहिचान) बैशाख ११ – सुदुरपश्चिम समाज धनगढीका संयोजक राजु लामाले यौनिक तथा लैंगिक अल्पसंख्यकलाई समान नजरले हेर्नु पर्नेमा जोड दिएका छन् । महिला र पुरुष भन्दा फरक नजरले समलिंगी तेस्रोलिंगीलाई हेर्ने गरेकै कारण समस्या बढीरहेको उनको भनाइ छ ।
सुदुरपश्चिम समाज धनगढीले समलिंगी तेस्रोलिंगी र अन्तरलिंगीको विषयमा आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा उनले समतामुलक समाज निर्माण गर्नका लागि विद्यार्थीको ठूलो भूमिका हुने समेत बताए । कार्यक्रममा सहभागी भएका एक सय भन्दा धेरै विद्यार्थीलाई संयोजक लामाले यौनिक तथा लैंगिक अल्पसंख्यकको बारे जानकारी दिएका थिए ।
सहभागी विद्यार्थीहरुले आफूहरुलाई यौनिक तथा लैंगिक अल्पसंख्यकबारे जानकारी नरहेको भन्दै तेस्रोलिंगी भनेको नपुंसक हुन् भन्ने बुझिरहेको बताएका थिए ।
कार्यक्रममा मानव अधिकारकर्मी बिबेक सिंहले घर परिवार र समाजमा समलिंगी तेस्रोलिंगीले भोगेको समस्या बारे जानकारी गराएका थिए ।
अभिमुखिकरण कार्यक्रममा सहभागी विद्यार्थीले समलिंगी तेस्रोलिंगी माथी हुँदै आएको विभेद अन्त्यका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.