यौनिक अल्पसंख्यकलाई गाउँपालिकामा एक सिट राख्न सकिन्छ : विक्रम खनाल

यौनिक अल्पसंख्यकलाई गाउँपालिकामा एक सिट राख्न सकिन्छ : विक्रम खनाल

काठमाडौं (पहिचान) बैशाख १२ सांसद बिक्रम खनालले संविधानले समावेसिताको मार्ग खोलेको भन्दै सबैखाले वर्ग र सम्प्रदायलाई अब सबै क्षेत्रमा समेटन सकिने बताएका छन् । पहिचानसँगको कुराकानीमा सांसद खनालले यौनिक तथा लैंगिक अल्पसंख्यकलाई राजनीतिक समायोजन पनि गर्न सकिने बताए ।
‘हरेक नगरका वडामा त संभव नहोला, तर गाउँपालिकामा एकजना यौनिक तथा लैंगिक अल्पसंख्यकलाई ल्याउन सकिन्छ,’ कांग्रेसको तर्फबाट नबलपरासीबाट प्रतिनिधित्व गर्ने सांसद खनालले भने, ‘यदी यौनिक तथा लैंगिक अल्पसंख्यक छैनन् भने त्यस्तो अवस्थामा अन्य अल्पसंख्यक वा पिछडिएको समुदायलाई समेट्ने व्यवस्था मिलाउनुपर्छ ।’ स्थानीय तह निर्वाचन ऐनले हरेक गाउँपालिकामा दुइजना र नगरमा तीनजना दलित वा अल्पसंख्यक सदस्य निर्वाचित सभाबाट निर्वाचित हुने व्यवस्था छ ।
‘नागरिकलाई अधिकार दिदै नेतृत्वतहमा लगियो भने नागरिकहरुबीच समानताको भावना जागृत हुन्छ, र देश पनि समृद्ध बन्दै जान्छ,’ खनालले भने, ‘त्यस्तो अवस्था बन्यो भने लोकतन्त्र संस्थागत हुन्छ, लोकतन्त्र संस्थागत भयो भने राष्ट्रियता पनि बलियो हुन्छ ।’

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.