समाजको सकारात्मक सोच र अवसरको पर्खाइमा तेस्रोलिंगी जया थापा

समाजको सकारात्मक सोच र अवसरको पर्खाइमा तेस्रोलिंगी जया थापा

आनिक राना/नवलपरासी (पहिचान) बैशाख २३ – तेस्रोलिंगी जया थापा मृत्यु भएका आफ्ना बुबाको किरिया बसेकी छन् । नवलपरासी माकरकी थापा मृत्यु भएका आफना बाबुको किरिया बसेकी हुन । परिवारले देखेको सपना भन्दा भिन्न पहिचानमा देखिदै आएकी थापाले अरु पुरुषले गर्न सक्ने काम तेस्रोलिंगीले पनि गर्न सक्छन भन्ने उदाहारण प्रस्तुत गर्दै किरिया बसेकी हुन ।
हामी पनि केही गर्न सक्छौ उनले भनिन, तेस्रोलिंगीले पनि पुरुषको जति काम गर्न सक्छन भन्ने कुरामा दुइमत छैन । उनले यति हुदा हुदै पनि कहिले काहि कुनै न कुनै किसिमको बाधा र अडचन समाज र परिवारले सिर्जना गर्ने गरेको दुखेसो पोखिन । छोराले गर्ने काममा तेस्रोलिंगी पनि कम छैनन्, उनले भनिन बाबुको बिरामी अबस्थादेखि मृत्युसम्म हेरबिचार गरि मृत्युपछि किरिया पनि गरे, बाबुलाइ स्वर्ग तराउने कोसिसमा छु ।
जया थापा तेस्रोलिंगी त हुन नै तर पनि आफनो परिवार र समाजको जिम्बेवारी बोक्दै समाज परिवर्तनमा लागेकी छन । थापाले भनिन छोरा सरह अन्तमा बाबुको १३ दिनको काज किरिया गर्नु यो एउटा तेस्रोलिगीं समुदायको लागि उदाहारण पनि हो । थापाले भनिन म धेरै खुसि अनि दुखि पनि छु । अखाभरी आशु राखेर उनले भनिन हामी जे पनि गर्न सक्छौ त्यसको लागि समाजको सकारात्मक सोच र अबसरको खाचो छ ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.