दोस्रो चरणको चुनावमा उम्मेदवारी दिने यौनिक अल्पसंख्यकको तयारी

दोस्रो चरणको चुनावमा उम्मेदवारी दिने यौनिक अल्पसंख्यकको तयारी

काठमाडौं (पहिचान) बैशाख २७ – बैशाख ३१ गते स्थानीय चुनावमा काठमाडौं महानगरपालिका वडा नम्वर ११ बाट यौनिक तथा लैंगिक अल्पसंख्यक सदस्यले वडा सदस्य पदमा उम्मेदवारी दिएका छन् । नील हिरा समाजमा कार्यरत दिपेश भण्डारीले नयाँ शक्ति पार्टीको तर्फबाट वडा नम्वर ११ को सदस्य पदमा उम्मेदवारी दिएका हुन् ।

‘मैले आफ्नो पहिचान नखुलाई नयाँ शक्ति पार्टीको तर्फबाट वडा सदस्य पदमा उम्मेदवारी दिएर प्रसार प्रसारमा लागेको छु पहिचानसँग कुरागर्दै दिपेशले भने, यौनिक तथा लैंगिक अल्पसंख्यकसँगै सबै समुदायको अधिकारका लागि म क्रियाशिल हुन्छु ।’ उनले भुकम्पले क्षतिग्रस्त संरचना पुननिर्माण र खानेपानीको अभाव हटाउने मुख्य प्राथमिकतामा राखेको सुनाए ।

यस्तै दोस्रो चरणमा हुने स्थानीय तह निर्वाचनमा नयाँ शक्ति पार्टीबाट रुपन्देहीमा ३ जना यौनिक अल्पसंख्यकले वडा सदस्यमा उम्मेदवारी दिने भएका छन् । नयाँ शक्ति नेपालको यौनिक तथा लैंगिक अल्पसंख्यक जिल्ला संगठन रुपन्देहीको बैठकले प्रदेश नम्वर ५ को रुपन्देहीमा तीन जनालाई वडा सदस्य पदमा उम्मेदवार वनाउने निर्णय गरेको अध्यक्ष आनिक रानाले जानकारी दिइन ।

संगठनको निर्णय अनुसार वुटवल उपमहानगरपालिका वडा नम्वर ८ मा सन्तु पन, देवदह नगरपालिका वडा नम्वर १० मा विमली बस्नेत र तिलोत्तमा नगरपालिका वडा नम्वर ८ मा आनिक रानाले उम्मेदवारी दिनेछन् । नगरपालिका, गाउँपालिकामा पुहुँच पुर्याउन र समुदायको क्षमता अभिवृद्धिका लागि बजेट विनियोजन गराउन उम्मेदवारी दिने तयारी गरेको रानाले जानकारी दिइन । गाउँ, समाज र राज्यसँग समुदायका सदस्यले पनि केही गर्न सक्छन भन्ने सन्देश दिन आफ्नो समुदाय क्रियाशिल रहेको रानाको भनाई छ ।

नयाँ शक्ति नेपालको यौनिक तथा लैंगिक अल्पसंख्यक जिल्ला संगठन रुपन्देहीले बुटवल उपमहानरपालिकामा सन्तु पुन, देवदल नगरपालिकामा विमली बस्नेत, सैनामैना नगरपालिकामा उदयबहादुर थापा, तिलोत्तमा नगरपालिकामा हैदर अलि शेख र सिद्धार्थ नगरपालिकामा मा हरि गुरुङलाई नगर संयोजक समेत तोकेको रानाले जानकारी दिइन ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.