निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

‘नेपाल विश्वकै कम मध्येको एलजीबीटीआई मैत्री देश हो, विश्वले हामीबाट सिकोस’

‘नेपाल विश्वकै कम मध्येको एलजीबीटीआई मैत्री देश हो, विश्वले हामीबाट सिकोस’

890
SHARES

काठमाडौं (पहिचान) जेठ ४ – महिला बालबालिका तथा समाजकल्याण मन्त्री कुमार खड्काले नेपाल विश्वका केही कम मध्येको एलजिबिटिआई मैत्री देश भएको भन्दै विश्वकै लागि नेपाल एउटा उदाहरण भएको बताएका छन् । यौनिक अल्पसंख्यक घृणाविरुद्धको अन्तराष्ट्रिय दिवसका अवसरमा नील हिरा समाज र नेपालस्थित राष्ट्रसंघीय नियोगले संयुक्तरुपमा गरेको कार्यक्रममा मन्त्री खड्काले आफूलाई एलजिबिटिआई समुदायका विषयमा पर्याप्त जानकारी नभएपनि उनीहरुको दुःख पिडा र समस्या बुझेको बताए ।
‘हामी युनाइटेट नेशन र नील हिरा समाजसँग जोडिएका छौ, मलाई एलजिविटिआईक्युप्रति धेरै नलेज छैन, तर पनि धेरै किसिमका हिंसा भोग्नुपरेको छ भन्ने राम्ररी थाहा छ,’ मन्त्री खड्काले भने, ‘तर पनि म गर्वका साथ भन्छु, नेपाल विश्वका धेरै कम मध्यको त्यस्तो देश हो, जहाँ यौनिक तथा लैंगिक अल्पसंख्यकले संबैधानिक अधिकार प्राप्त गरेका छन् ।’

मन्त्री खड्काले संविधानमा भएका अधिकार पनि कानुन नभएका कारण कार्यान्वयन नहुँदा यौनिक तथा लैंगिक अल्पसंख्यक भएकै आधारमा हुेन विभेद भने कायम रहेको भन्दै त्यो विस्तारै हटेर जाने बताए ।
‘नेपालले पहिचानका आधारमा नागरिकता प्रदान गर्ने र त्यसकै आधारमा पासपोर्ट पनि प्रदान गर्ने काम थालेको पनि करिव छ वर्ष पुरा भएको छ,’ मन्त्री खड्काले भने, ‘नेपाल सरकारले एलजिविटिआइक्युको कानुनसँगै मानव अधिकारको एक्सन प्लान र रिभ्यु मिटिङमा फर्म समेत राखिदिएको छ ।’

उनले नेपाल एलजिविटिआइक्युको धेरै जनसंख्या भएको देश समेत भएको बताए । राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीले एलजिविटिआईको अधिकार हामी सबैको अधिकार भन्दै कसैले पनि यो समुदायलाई विभेद गर्न नहुने बताइन् ।

समाचार शेयर गर्नुहोस्
890
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.