एलजीबिटिआई समुदायलाई संबैधानिक अधिकार प्रदान गरेकोमा नेपालको प्रशंशा

एलजीबिटिआई समुदायलाई संबैधानिक अधिकार प्रदान गरेकोमा नेपालको प्रशंशा

790
SHARES

काठमाडौं (पहिचान) जेठ ४ – संयुक्त राष्ट्रसंघकी आवासीय प्रतिनिधि मिस भ्यालरी जुलियाण्डले नेपालको संविधानको प्रशंसा गरेकी छन् । उनले नेपालको संविधानले एलजीबिटिआई समुदायलाई संबोधन गरेर संबैधानिक अधिकार प्रदान गरेको भन्दै त्यसको प्रशंशा गरेकी हुन् । उनले नेपालमा संविधानले यौनिक तथा लैंगिक अल्पसंख्यकलाई संबोधन गर्नु आफैमा राम्रो पक्ष भएको बताईन् ।
‘हामी सबै धेरै धेरै खुसि छौ, आजको यसअबसरमा हामीले एकातर्फ रेन्बो कलरको झण्डा र अर्को तर्फ युएन्को झण्डा देखिरहेकाछौं र सँगै नील हिरा समाजको राम्रो लोगो देखिरहेका छौ जुन बनाउन धेरै गाह्रो थियो,’ जुलियाण्डले भनिन्, ‘यी धेरै सिम्बोलिक सम्झनाहरु हुन् ।’
युनाइटेड नेशनले सबै मानबहरु समान, स्वतन्त्र र अधिकारको हिसाबमा बराबरी छन् भन्ने मान्यता राख्ने भन्दै जुलियाण्डले एलजीबीटीआई पनि समान हुनुुपर्ने बताइन् । ‘स्वतन्त्र र अधिकार प्राप्त हुनुपर्छ भनेको मानवले मनोबैज्ञानिक सुरक्षाको अनुभव गर्न पाउनुपर्छ, स्वतन्त्रताको अनुभव गर्न पाउनुपर्छ, सहभागिताको अनुभव गर्न पाउनुपर्छ र समान अधिकार पाउनुपर्छ भन्ने हो,’ उनले भनिन्, ‘तर एलजिविटिआईक्यु समुदायप्रति त्यस्तो भएको पाइदैन ।’
उनले नेपालमा लामो समय देखि यो समुदाय माथी विभेद भइरहेको भन्दै त्यति हुँदाहुँदै पनि यो समुदायले विश्वसँग आफनो पहिचान चिनाउने प्रयास जारी राखेको बताइन् ।
‘हामी धेरै भाग्यमानी छौ, नेपालको सन्दर्भमा कानुनमा बराबरीको अधिकार दिइएको छ, तर होमोफोबिया, ट्रान्सफोबिया अर्थात एलजिविटिआईक्यु जो भए पनि विभेद भोगीरहनुपरेको छ,’ जुलियाण्डले भनिन् ।
उनले एलजीबिटीआईका अधिकारका कुराहरु कानुनमा लेखिएर पनि निर्णय हुने प्रक्रियामा रहेको भन्दै विभेद लगातार भइरहेकाले अझै धेरै भन्दा धेरै काम गर्न बाकी रहेको बताइन् । ‘विकासमा जेण्डर इन्क्लुसिभ कार्यक्रम लिएर राष्ट्रसंघ जाने गरेको छ त्यसका लागि नेपालमा एलजिविटिआइक्युको लागि हामीले नील हिरा समाज धेरै राम्रो पार्टनर भेटाएका छांै,’ जुलियाण्डले भनिन् ।
उनले परिवारमा समानता हुनुपर्ने भन्दै बच्चादेखि नै आफनो ममि बाबाले बुझ्ने गरेको बताइन् । ‘यो झण्डाले सबै परिवारले पहिचानको आधारमा विभेद गर्नु हुदैन भन्छ,’ जुलियाण्डले भनिन्, ‘यो सप्तरंगी झण्डामा रहेका हरेक रंगको आफ्नै विशेषता र अर्थ पनि छन् ।’

समाचार शेयर गर्नुहोस्
790
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.