एजलिविटिआईबारे कुन कुन देशको नीति कस्तो ? जान्नुहोस कहाँ कस्तो छ व्यवस्था ?

एजलिविटिआईबारे कुन कुन देशको नीति कस्तो ? जान्नुहोस कहाँ कस्तो छ व्यवस्था ?

काठमाडौं (पहिचान) जेठ ५ – समलिंगी तेस्रोलिंगीहरुको अन्तराष्ट्रिय संस्था ‘एलगा वल्र्ड’ले विश्वभरका समलिंगी तेस्रो लिंगीका विषयमा अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदन अनुसार विश्वमा त्यस्ता धेरै कम मात्र मुलुकहरु देखिएका छन् जहाँ यौनिक तथा लैंंगिक अल्पसंख्यक (समलिंगी तेस्रोलिंगी)का विषयमा लचिलो कानुन छ । नेपालमा यौनिक तथा लैंगिक अल्पसंख्यकलाई संबैधानिक अधिकार छ भने समलिंगी विवाहलाई मान्यता दिनेगरी कानुनको मस्यौदा समेत बनिसकेको छ । सन २००७ को सर्बोच्चको फैसला विश्वभरकै लागि नजिर बन्न सफल भएको छ भने त्यही फैसलाका आधारमा समलिंगी तेस्रोलिंगीले नागरिकता र पासपोर्ट लिइसकेका छन् ।
विश्वमा कहाँ कस्तो छ एलजिविटिआईबारेको व्यवस्था ?

  • विश्वका नौंवटा देशले यौनिक तथा लैंगिक अल्पसंख्यक (एलजीविटिआई)लाई संबैधानिक अधिकार सुनिश्चित गरिएको छ । जसमध्ये नेपाल पनि एक हो ।
  • विश्वका २० वटा देशले समलिंगी तेस्रोलिंगी (एलजीबीटीआई)लाई मान्यता दिएका छन् ।
  •  विश्वका ८६ देशले मानव अधिकार आयोग र त्यसका कार्यक्रममा यौंनिक तथा लैंगिक अल्पसंख्यक (एलविटिआई)लाई समेटेका छन् । ती देश मध्येमा नेपाल पनि पर्छ ।
  •  विश्वमा अझै पनि ७२ वटा त्यस्ता मुलुक छन् जहाँ यौन अभिमुखीकरण र लैंगिक पहिचानलाई अपराधका रुपमा लिइने गर्छ, अर्थात समलिंगी तेस्रो लिंगी हुनुलाई अपराध भनिन्छ ।
  •  विश्वमा त्यस्ता २५ वटा राष्ट्र छन् जहाँ समल्रिगी तेस्रो लिंगीलाई संगठित हुन बन्देज लगाइएको छ ।
  •  विश्वमा त्यस्ता चार मुलुक पनि छन् जहाँ समलिंगी तेस्रो लिंगी –एलजीबीटीआई) भएको थाहा भएमा मृत्यदण्डको सजाय छ । ती देशहरु सुडान, साउदिअरेविया, इरान र एमन हुन् ।
  • एल्गाको रिपोर्ट अनुसार एचआईभी एड्सबारे पर्याप्त जनचेता नफैलाउने हो भने सन २०२०सम्ममा विश्वका सम्पूर्ण एचआईभी संक्रमित मध्ये छण् प्रतिशत संक्रमितहरु एलजीविटिआई समुदायका नैं हुने छन् ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.