निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

समलिंगी तेस्रोलिंगी घृणा विरुद्धको अन्तराष्ट्रिय दिवसमा अभिमूखीकरण

समलिंगी तेस्रोलिंगी घृणा विरुद्धको अन्तराष्ट्रिय दिवसमा अभिमूखीकरण

630
SHARES

गौरी नेपाली/काठमाडौं (पहिचान) जेठ ६ – यौनिक तथा लैंगिक अल्पसंख्यकहरूको महासंघ नेपालले समलिंगी, तेस्रोलिंगी घृणा विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसर पारेर विभिन्न चेतनामुलक कार्यक्रम आयोजना गरेको छ । महासंघले थापाथलीस्थित परोपकार प्रसुती महिला अस्पताल तथा एकद्धार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) का २३ र टेकु अस्पतालका २७ स्वास्थ्यकर्मीहरूलाई यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका बारेमा अभिमुखीकरण कार्यक्रम गरेको हो । समुदायलाई स्वास्थ्य सेवामा हुने विभेद न्युनीकरणका लागि उक्त अभिमुखीकरण गरिएको महासंघले बताएको छ ।यस वर्षकोे नारा ‘मायाले परिवार बनाउँछ’ भन्ने रहेकोमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई पारिवारिक समर्थन तथा मायाको जरुरी छ भन्ने अभियानलाई विभिन्न जनचेनामुलक कार्यक्रममार्फत प्रचार गरिएको जानकारी महासंघकी राष्ट्रिय कार्यक्रम संयोजक सिमरन सेरचनले दिइन ।

‘हरेक समलिंगी तेस्रोलिंगीले पारिवारिक माया र समर्थन पाउनुपर्छ साथै आफ्नो परिवार निर्माण गर्ने अधिकार पनि हुनुपर्छ ।’ सेरचन भन्छिन, ‘परिवारको जन्म एउटा बच्चा जन्मिएदेखि नै हुने भएकोले प्रसुती गृहका स्वास्थ्यकर्मीले यौनिक तथा लैैंगिक अल्पसंंख्यक समुदायबारे आफु पनि भ्रममुक्त हुनुपर्ने र हरेक बच्चाका आमाबाबुलाई समलिंगी तेस्रोलिंगीप्रतिको सकारात्मक धारणा बसाल्न सहयोग गर्नुपर्छ ।’

एकद्धार संकट व्यवस्थापन केन्द्रकी फोकल पर्सन सुकुमाया लामाले कार्यक्रम अति उपयोगी भएको भन्दै यस्तो अभिमुखीकरण समयसमयमा गरिरहन सकेमा स्थास्थ्यकर्मीहरू पनि यौनिक तथा लैंगिक अल्पसंख्यकहरूको समानता र आत्मसम्मान प्राप्तिको अभियानमा एक हिस्सा बन्न सक्ने बताइन ।

यस्तै अभिमुखीकरणपछि टेकु हस्पिटलका निर्देशक डा. रमेश खरेलले कार्यक्रमले स्वास्थ्यकर्मीलाई यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका समस्यालाई नजिकबाट चिन्न सहयोग गरेको बताउँदै अस्पतालहाताभित्र लैंगिकमैत्री शौचालय निर्माणका लागि पहल गर्ने जानकारी दिए ।
विश्व स्वास्थ्य संगठनले सन् १९९० मा समलिंगी तेस्रोलिंगी हुनु कुनै रोग वा असामान्य अवस्था होइन भनी गरेको घोषणाको स्मरणमा हरेक वर्ष मे १७ लाई समलिंगी, तेस्रोलिंगी घृणा विरुद्धको अन्तराष्ट्रिय दिवसको रुपमा विश्वभर नै विभिन्न सप्ताहव्यापी कार्यक्रम सहित मनाउने गरिन्छ ।

नेपालमा पनि महासंघले हरेक वर्ष यस दिवसमा विभिन्न कार्यक्रमको आयोजना गरिरहेको छ । यस वर्ष पनि काठमाण्डौँमा स्वास्थ्यकर्मीहरुलाई अभिमुखीकरण कार्यक्रम गर्नुका साथै बाँकेमा सरोकारवालाहरुसँग अन्तक्रिया, चितवनमा सरसफाई कार्यक्रम, कैलालीमा साँस्कृतिक कार्यक्रम र कास्कीमा हाजिरीजवाफ कार्यक्रम गर्न सहयोग गरेकोे जानकारी महासंघले दिएको छ । युएसएआईडी र प्रेपफारको सहयोगमा सञ्चालित लिंकेजेज परियोजना अन्तर्गत महासंघले उक्त कार्यक्रमहरूको आयोजना गरेको हो ।

समाचार शेयर गर्नुहोस्
630
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.