धनगढीमा समलिंगी विवाहबारे बनेको चलचित्र ‘म होईन म’ को प्रर्दशन

धनगढीमा समलिंगी विवाहबारे बनेको चलचित्र ‘म होईन म’ को प्रर्दशन

राज चौधरी/कैलाली (पहिचान) जेठ ७ – समलिंगी तेस्रोलिंगी घृणाविरुद्वको अन्तराष्ट्रिय दिवस यौनिक अल्पसंख्यकहरुले धनगढीको ओ प्यालेसमा पनि नाइएका छन् । सुदुरपश्चिम समाजले आयोजना गरेको कार्यक्रममा विभिन्न सरकारी तथा गैसरकारी निकायका प्रतिनिधि, शिक्षक विद्यार्थी, पत्रकार, राजनीतिक पार्टीका प्रतिनिधिहरु सहभागि भए ।
समलिंगी तेस्रोलिंगी घृणाविरुद्वको अन्तराष्ट्रिय दिवसको बारेमा जानकारी, लैंगिक अल्पसंख्यक समुदायबारे जानकारी, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई लक्षित गरी भएका सकारात्मक कुराहरु र कानुनी प्रावधानहरुका बारेमा जानकारी दिने र समाजमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायमा भएका समस्या चुनौतीको बारेमा जानकारी गराउने उद्धेश्य राखिएको कार्यक्रममा करिब डेढसयले सहभागिता जनाए ।
सुदुरपश्चिम समाजका संयोजक राजु लामाले समलिंगी तेस्रोलिंगी घृणाविरुद्वको अन्तराष्ट्रिय दिवसको बारेमा जानकारी दिदै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको बारेमा समेत जानकारी गराए । कार्यक्रममा समलिंगी सम्बन्धका बारेमा बनेको पहिलो नेपाली फिल्म ‘म होईन म’ प्रर्दशन गरिएको थियो ।
अन्तर पार्टी सञ्जालकी निर्मला रिजालले एउटा कोठा भित्र कार्यक्रम नगरेर गाउँ ठाउमा यस्ता कार्यक्रम गर्दा प्रभवाकारी हुने वताइन् । पत्रकारले पनि यो समुदाय प्रति सकारात्मक नै रहेको र आउने दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.