निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

मैनबत्ती बालेर एड्सबाट मृत्यू भएका व्यक्तिहरु प्रति चिर शान्तिको कामना

मैनबत्ती बालेर एड्सबाट मृत्यू भएका व्यक्तिहरु प्रति चिर शान्तिको कामना

991
SHARES

विनोद वि.सी/रुपन्देही (पहिचान) जेठ ८ – यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका सदस्यले एचआइभी संक्रमित समुदायका सदस्यलाई समान रुपमा हेरिदिन आग्रह गरेका छन् । अन्तराष्ट्रिय मैनवत्ती दिवसका अवसरमा भैरहवामा भएको कार्यक्रममा नील हिरा समाज रुपन्देहीकी कार्यक्रम संयोजक मनिला न्यौपानेले एचआइभीको भाइरसले कुनै पनि जात धर्म लिङ्ग वर्ण नभन्ने वताइन ।

उनले हरेक व्याक्तिको शरिरमा एचआइभी प्रवेश गर्ने भएकाले समलिंगी तेस्रोलिंगी समुदाय पनि एचआइभी संक्रमित भइरहेको जानकारी दिइन । न्यौपानेले विभिन्न निकायबाट यो समुदायलाई पनि समान दृष्टिले हेरिनु पर्ने बताइन । एचआइभी एडस्बाट मृत्यू भएका व्यक्तिहरुको चिर शान्तिको कामना गर्न र एचआइभी भई बाँचेका व्यक्तिहरुको दिर्घ जीवन एवंम सुस्वास्थ्यको कामना गर्न मैनवत्ती दिवस मनाउने गरिएको छ । सन् १९८३ देखि मैनबत्ति दिवस मनाउन थालिएको हो ।

एचआइभी संक्रमितलाई एचआइभी सम्बन्धि हरेक कार्यक्रममा संलग्न गराउने, एचआइभी संक्रमितलाई शिक्षाको अवसर प्रदान गर्ने र एचआइभी संक्रमितलाई सशक्तिकरण गर्ने भन्ने यो दिवसको मुल उद्देश्य रहेको नमुना एकिकृत विकास परिषद्की अध्यक्ष ज्ञानु पौडेलले जानकारी दिइन ।

सरकारी तथा गैर सरकारी निकायका व्यक्तिहरुको उपस्थितिमा भैरहवाको देवकोटा चोकमा मैनबत्ती बालेर एचआइभी एड्सबाट मृत्यू भएका व्यक्तिहरुलाई चिर शान्तिको कामना गर्दै एचआइभी संक्रमित भई बाचेका व्यक्तिहरुको दिर्घ जीवनको कामना गरिएको थियो ।

समाचार शेयर गर्नुहोस्
991
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.