यौनिक तथा लैंगिक अल्पसंख्यकका कुरा उठाउँदा आफै अल्पसंख्यक भइदो रहेछ : प्रदीप पौडेल

यौनिक तथा लैंगिक अल्पसंख्यकका कुरा उठाउँदा आफै अल्पसंख्यक भइदो रहेछ : प्रदीप पौडेल

काठमाडौं (पहिचान) जेठ ९ – नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले यौनिक तथा लैंगिक अल्पसंख्यकका कुरा उठाउँनेहरु आफै अल्पसंख्यकमा पर्ने गरेको अनुभूति सुनाएका छन् । पहिचानसँगको कुराकानीमा नेपाली कांग्रेसको केन्द्रीय सदस्यसमेत रहेका नेता पौडेलले बहुमतको राजनीतिमा समावेसिताको मुद्धा छाँयामा परिरहेको बताए ।‘यौनिक तथा लैंगिक अल्पसंख्यकका समस्या बुझिसकेपछि यो समुदायलाई अघि बढाउने विषयमा मैले पनि केन्द्रीय समितिको एजेण्डा बनाउने प्रयत्न गरे,’ नेता पौंडेलले भने, ‘तर यौनिक तथा लैंगिक अल्पसंख्यकका विषयमा कुरा उठाउनेहरु आफै अल्पसंख्यक भइदो रहेछ, त्यसलाई एजेण्डाको रुपमा स्थापित गर्न र संबोधन गाराउन गाह्रो हुँने रहेछ ।’ उनले पहिचानसँगको कुराकानी पछि साच्चिकै समस्या रहेका यौनिक तथा लैंगिक अल्पसंख्यकहरुलाई राजनीतिक संरक्षण र नेतृत्व विकासमा लैजान सके सामाजिक समस्याकै समाधान हुने बताए ।
‘हामीले वि. सं. २०४८ साल पछि बहुमतीय लोकतन्त्रको अभ्यास गरेका थियौं, अहिले समावेसी लोकतन्त्र आइसकेको छ,’ पौडेलले भने, ‘त्यसैले राज्यका हरेक निकाय मात्र हैन राजनीतिक दलमा समेत देशका सबै पक्षको तस्विर झल्कनु आवस्यक भएकाले अब सबै समुदायको समावेसी प्रतिनिधित्व सुनिश्चित गरिनुपर्छ ।’ उनले त्यसका लागि संबैधानिक अधिकार ज्ञारेन्टी गरिनुपर्ने बताए
‘हन त नेपालको संविधानले यौनिक तथा लैंगिक अल्पसंख्यकलाई संबोधन गरेको छ, समानताको हक पनि प्रदान गरेको छ,’ पौडेलले भने, ‘तर अल्पसंख्यकमा पनि थुप्रै अल्पसंख्यकहरु भन्दा कम संख्यामा रहेको यो समुदायले भोटको राजनीतिलाई आकर्षित गर्न सक्ने अवस्था छैन ।’ उनले त्यसै कारणले संबैधानिक रुपमा बाध्यतात्मक प्रतिनिधित्व आवस्यक भन्दै संविधानमा त्यो कुरा राख्नका लागि लागि पर्न समुदायलाई आग्रह गरे ।
‘त्यसबाहेक खुल्ला प्रतिस्पर्धाका लागि पनि यौनिक तथा लैंगिक अल्पसंख्यकहरुले आफूलाई क्रियाशील राख्नु र आवस्यक ठाउँमा प्रतिस्पर्धामा उत्रिनु पर्छ,’ पौंडेलले भने, ‘कांग्रेसले १२औं महाधिवेशनबाट यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई प्रतिनिधित्व गराएपनि उहाँकै सक्रियता घटेका कारण नेतृत्व विकासमा उपलब्धी हुन सकेन ।’ उनले सबै क्षेत्रमा क्रियाशीलता देखाए खुल्ला प्रतिस्पर्धाबाट पनि माथिल्लो तहसम्म पुग्न सक्ने भन्दै राजनीति र समाजिक क्षेत्रमा क्रियाशीलता देखाउन यौनिक तथा लैंगिक अल्पसंख्यकलाई आग्रह गरे ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.