नवलपरासीमा मेयर पदका लागि तेस्रोलिंगी उम्मेदवार चयन

नवलपरासीमा मेयर पदका लागि तेस्रोलिंगी उम्मेदवार चयन

नवलपरासी (पहिचान) जेठ १३ – मधेश तराई फोरमले नवलपरासीमा मेयर पदका लागि तेस्रोलिंगी उम्मेदवार चयन गरेको छ । दोश्रो चरणमा हुन लागेको स्थानिय तहको निर्वाचनमा भाग लिदै मतफो पार्टीले तेस्रोलिंगीलाई मेयरको उम्मेदवार बनाएको हो ।

जिल्लाको सदरमुकाम परासी स्थित रामग्राम नगरपलिकामा मतफोले मेयर पदका लागि तेश्रो लिङ्गी गिता सैंथवारको उम्मेदवारी आज घोषणा गरेकोे छ ।

रामग्राम नगरपालिका वडा नं. ७ उजैनी घर भएका गिता निकै लोकप्रिय र सक्षम उम्मेदवार रहेको मतफोले दावी गरेको छ । त्यस्तै पार्टीले उप–मेयरमा नगरपालिकाको वडा नं. ७ उजैनी कै केवल कुर्मीलाई उम्मेदवार बनाएको पार्टीका जिल्ला अध्यक्ष दिपचन्द्र कौशलले जानकारी दिए ।

पार्टीले नवलपरासीमा तेश्रो लिङ्गी उम्मेदवार उठाएपछि यहाँका सबै जनताहरु चकित परेका छन् । यतिबेला नगरमा तेश्रो लिङ्गी उम्मेदवारकै चर्चा परिचर्चा  छ । गिता तेश्रो लिङ्गी भएपनि उनी विवाहिक जिवनमा बाँधिएर महिलाको रुपमा नागरिकता पाएको बताईन् ।

को हुन गिता ? र के छ उनको पेशा ?

वि.संं २०१९ सालमा गिताको भारतमा जन्म भएको थियो । १५ वर्षको उमेरमा उनी नेपालको नवलरासीको साबिक सुक्रौलि गाविस निवासी रामजी सैंथवार संग विवाह गरि नेपाल छिरेकि थिईन् । सुक्रौली घर रहेको गिताले मनको शान्ती नपाएपछि उनी रामग्रामको वडा नं. ७ मा अवस्थित रामग्राम स्तुप संग जोडिएको गाउँ, उजैनीमा बसोबास गर्न थालिन । उनी उजैनी बस्दै गरेकोे ४० वर्ष बितिसक्यो । उनी बुद्ध धर्ममा आस्था राख्दछिन त्यसकारण रामग्राम स्तुप नजिकको गाउँ उजैनीमा बस्न आईन् ।

गिता संग तेस्रोलिंगीको एक जमात नै छ । विवाह, भोज, बच्चाको जन्मको खुशी लगायतका खुशीका अवसरमा उनलाई बोलाइएपछि उनी त्यस अवसरमा नाचगान गरि आयोजक घरपरिवारलाई आशिर्वाद दिने काम गर्छिन् । उनले भनिन् यहि नै मेरो पेशा हो जसबाट मैलो आफनो पेट पाल्दै आएछुँ ।

के छ राजनितिक अवस्था ?

उनी राजनितिमा आफँ नयाँ रहेको बताईन् यद्यपी उनी पहिलादेखि नै राजनितिमा रुची राख्दथिईन । गत संविधान सभाको निर्वाचनमा गिता नेपाल युवा किसान पार्टीबाट जिल्लाको क्षेत्र नं. ६ बाट सभाषदको चुनाव लडेकि थिईन् ।

सभाषदको चुनाव पश्चात उनी राजनितिक यात्रामा बैक भई आफनो पेशमा लागिन् । आसन्न दोश्रो चरणको निर्वाचनमा मतफोले उनलाई मेयरका लागि प्रस्ताव गरेपछि उनी फेरि राजनिति क्षेत्रमा कमब्याक भएको बर्ताइन् र अहिले उनी मधेश तराई फोरम पार्टीबाट मेयरका लागि चुनाव लडदै छिन् ।

के छ गिताको विकासका एजेण्डाहरु ?

नगरमा रहेका गरिब दुखियाहरुलाई सेवा र सुविधा दिएर खुशी बनाउने मेरो प्रमुख एजेण्डा रहेको गिताले बताईन् । नगरमा धेरै जसो मान्छे ८ नं. प्रतिमा बसोबास गरिरहेका छन् म मेयर भएपछि ति सुकुम्बासीहरुलाई सरकारद्धारा लालपुर्जा दिलाउने कार्यमा मेरो अहम भुमिका रहने बर्ताइन् ।

नगरको कुनैपनि बाटो कच्ची र खाल्टो खुल्टी रहदैन सबै कालो पत्रे गछुँ । साथै रामग्राम स्तुपको विकास र संरक्षणका लागि छुट्टै रामग्राम कोष खडा गरि यसको गुरु योजना बनाउने देखि लिएर यसको समग्र विकासमा म कसिएर लाग्ने गिताले बताईन् । रामग्राम स्तपुमा एउटा भगवान गौतम बुद्धको मुर्ति स्थापना गर्ने, सुन्दर पोखरी निर्माण गर्ने, तिर्थयात्रीका लागि बस्ने बास स्थानको व्यवस्था गर्ने पनि जानकारी दिईन् ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.