चिकित्सा सास्त्रका बिद्यार्थीसँग यौनिक अल्पसंख्यकको अन्तरक्रिया

चिकित्सा सास्त्रका बिद्यार्थीसँग यौनिक अल्पसंख्यकको अन्तरक्रिया

काठमाडौं (पहिचान) जेठ १४ – यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय र नेपाल मेडिकल स्टुडेन्ट एसोसाईटीबीच अन्तरक्रिया भएको छ । समलिंगी तेस्रोलिंगी बिरुद्द हुने घृणा बिरुद्दको अन्तराष्ट्रिय दिवसको अवसर पारेर नील हिरा समाजसंगको सहकार्यमा एलजिबिटिआई समुदायको स्वास्थ्य र कानुनी अधिकारवारे अन्तरक्रिया कार्यक्रम भएको हो ।

कार्यक्रममा अधिकारकर्मी दुर्गा थापाले नील हिरा समाज स्थापना देखि हाल सम्मका उपलब्धिबारे जानकारी दिइन । उनले यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकारमा नेपालले उल्लेख्य फड्को मारेको बताइन । तेस्रोलिंगी अधिकारकर्मी भक्ति शाहले तेस्रोलिंगी पुरुषका स्वास्थ्य समस्या तथा समग्र समुदायको समस्याबारे वताए । अन्तरलिंगी इशान रेग्मीले अन्तरलिंगीका व्यक्तिगत समस्या, स्वास्थ्य समस्या तथा आफुले भोग्नु परेको व्यक्तिगत मानसिक तथा स्वास्थ्य र उपचारका अनुभूति सुनाए ।

अधिवक्ता सुजन पन्तले यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकार संविधानमा लेखेर नेपालले यो समुदाय प्रति उदारता देखाएको वताए । उनले सर्वोच्चको फैसला पनि ऐतिहासिक भएको वताए । नील हिरा समाजका उपनिर्देशक परसु राम राइले चिकित्सा सास्त्रका बिद्यार्थी आफैले आफ्नो समुदायबारे छलफल कार्यक्रम सुरु गरेकोमा खुशी व्यक्त गरे ।

नेपाल मेडिकल स्टुडेन्ट सोसाईटीका अध्यक्ष ड प्रियंका शाहीले कार्यक्रमबाट सबै चिकित्साका बिद्यार्थीले जान्ने बुझ्ने मौका पाएको भन्दै प्रशंशा गरिन । नील हिरा समाजका उपनिर्देशक परसु राम राईले यौनिकताबारे चित्रकला प्रतियोगिताका विजयीलाई पुरस्कार वितरण गरेका थिए ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.