समलिंगी तेस्रोलिंगीको नारावाजी चलेको दरवारमार्ग प्रहरी वृत्तमा जे देखियो…

समलिंगी तेस्रोलिंगीको नारावाजी चलेको दरवारमार्ग प्रहरी वृत्तमा जे देखियो…

काठमाडौं (पहिचान) जेठ १७ – “तपाईका मान्छेले राती हल्ला गरेर डिस्ट्रव गर्छन, अलि सम्झाउनु परर्यो । हो हाम्रा मान्छेले हल्ला गर्छन त्यो हामीले सम्झाउदै आएका छौ, हल्ला गरेर कसैलाई बाधा त पुर्याएका छैैनन नि ? के बाटोमा हिडेको बेला कुट्नु हुन्छ त ? तपाई राती आएर हेर्नुहोस…. मैले राती आएर हेरेको छु, हाम्रा साथीहरु धेरै संयम भएका छन् ।”

यो सम्वाद नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङ र काठमाडौं महानगरपालिका वडा नम्वर २ बाट निर्वाचित वडा अध्यक्ष राजेन्द्र श्रेष्ठबीचको हो । दुई जनाबीच महानगरिय प्रहरी वृत्त दरवारमार्गमा यति मात्रै सम्बाद भएन । वडा अध्यक्ष श्रेष्ठले हामी टोलावासी मिलेर सबै तेस्रोलिंगीलाई लाजिम्पाटबाट निकाल्ने धम्की समेत दिए ।

“त्यसो भए बस्ने ठाउँ दिनुहोस न समाजकी अध्यक्ष गुरुङले भनिन्, आज तपाईको छोरा या छोरीलाई प्रहरीले कुटेको भए तपाईको यस्तै जवाफ आउथ्यो ? पीडा हामीलाई परेको छ, तपाईलाई त रमिता लागेको होला भने पछि वडा अध्यक्ष श्रेष्ठ मौन बसे ।” तेस्रोलिंगी माथि कुटपिट गर्ने प्रहरी विट लाजिम्पाटका प्रहरी सहायक निरीक्षक सागर थापालाई कारवाहीको माग गर्दै दरवारमार्ग पुगेका समलिंगी तेस्रोलिंगीलाई वडा अध्यक्ष श्रेष्ठले हाम्रो सुरक्षा दिने थापा माथि कारवाही भयो भने टोलवासी आएर दरवारमार्ग प्रहरी वृत्त घेराउ गर्ने धम्की समेत दिए ।

प्रहरी वृत्तका प्रहरी नायव उपरिक्षक कृष्णबहादुर पल्ली मगरले ल यस्तो छ कसरी मिलाउने भने पछि मगरकै कार्यकक्षमा समलिंगी तेस्रोलिंगीले होहल्ला र नारावाजी सहित ठाउँको ठाउँ कारवाही नगरेसम्म धर्नामा बसिरहने चेतावनी दिए । हामीहरुले कसैको केही विगार गरेका छैनौ, कसैलाई वाधा पुर्याएका छैनौ समलिंगी तेस्रोलिंगीले जनप्रतिनिधिलाई भने, कानुन उल्लघंन गर्ने माथि कारवाही हुनु हुँदैन हो ? पीडित समलिंगी तेस्रोलिंगीले डिएसपी मगरको पाउ नै परेर आफूलाई कुटपिट गर्ने थापा माथि कारवाही गर्न माग गरे ।
झण्डै दुई घण्टा प्रहरी, समलिंगी तेस्रोलिंगी र स्थानीय जनप्रतिनिधिबीचको रस्साकस्सीले दरवारमार्ग प्रहरी वृत्त तनावमय जस्तो बनेको थियो । सडकमा हिड्नेका लागि जात्रा जस्तै देखिन्थ्यो, तर खासमा पीडित प्रहरीकोमा न्याय माग्न पुगेका थिए । पटक पटकको झम्टा झम्टी, डिएसपी मगरको कार्यकक्ष भित्र वाहिर समलिंगी तेस्रोलिंगीको नारावाजी चलिरहेको थियो ।

लाग्थ्यो, अब यो समस्या सुल्झने भएन । डिएसपी मगरले पनि अब म लाठी चार्ज गर्न लगाउनु पर्ने हो भनेर धम्की दिए । मारे पनि मर्न तयार छौ भन्दै कार्यकक्षमै समलिंगी तेस्रोलिंगी उफ्री रहे । जनप्रतिनिधि श्रेष्ठको रुखो शब्दका कारण आक्रोसित बनेका समलिंगी तेस्रोलिंगीलाई नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले डिएसपीकै कार्यकक्षमा बसालेर माग राख्न लगाइन ।

डिएसपी मगरले भूमिका बाँधेर सम्झाउने प्रयास गरे तर उनीहरुले प्वाइन्टमा आउनुहोस भन्दै कराए । त्यसपछि डिएसपीले कारवाही गर्नु पर्ने कारण सहित उजुरी दिन भने । उनीहरुले मानेका थिएनन, समाजकी अध्यक्ष गुरुङले चर्कै स्वरमा प्रक्रियामा जाउँ कारवाही भएन भने फेरी धर्ना दिन आउला भनेपछि समलिंगी तेस्रोलिंगी उजुरी दिन सहमत भए र झण्डै दुई घण्टाको रस्साकस्सी सकियो ।

समग्रमा प्रहरीले कानुन कार्यान्वयन गर्ने नाममा निर्दोष कुनै पनि नागरिक माथि कुटपिट गर्नु हुँदैन अनि जनताले निर्वाचित गरेका प्रतिनिधिले समलिंगी तेस्रोलिंगीलाई नागरिक नै होइनन भन्ने व्यवहार गर्नु हुँदैन । सँगसँगै समलिंगी तेस्रोलिंगीले पनि आफू पीडित भए भन्दैमा संयमता अपनाउन भुल्नु हुँदैन ।

यो पनि पढ्नुहोस : प्रहरी वृत्त दरवारमार्गमा तेस्रोलिंगीको प्रदर्शन, कुटपिट गर्ने प्रहरीलाई कारवाही गर्न माग 

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.