संविधानमा लेखिएको अधिकार कार्यान्वयन गर्न यौनिक तथा लैंगिक अल्पसंख्यकको माग

संविधानमा लेखिएको अधिकार कार्यान्वयन गर्न यौनिक तथा लैंगिक अल्पसंख्यकको माग

अम्बिका दाहाल/ललितपुर (पहिचान) जेठ १९ – यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका सदस्यले बनभोज कार्यक्रम गरेका छन् । नील हिरा समाजले ललितपुरको गोदावरीमा बनभोज कार्यक्रम गरेको हो । संविधानमा लेखिएको अधिकार व्यवहारमा कार्यान्वयन गर्न वनभोज कार्यक्रममा सहभागी समलिंगी तेस्रोलिंगी माग गरे ।

संविधानमा अधिकार लेखिनु अघि खोइ त मलाई अधिकार नयाँ नेपालमा बोलको गीत मार्फत दवाव दिदै आएका समुदायका सदस्यले संविधानमा अधिकार लेखेपछि लेखिएको अधिकार कार्यान्वयन गर्न माग गरिरहेका छन् । परिवारबाट विछोडिनु, समाजबाट अपहेलित हुनु र महिला पुरुष सरह समान व्यवहार नपाउँदाको पीडामा रहेका समलिंगी तेस्रोलिंगीलाई नील हिरा समाजले रिफ्रसमेन्ट कार्याक्रम अन्तर्गत बनभोज गरेर पीडा भुलाएको समुदायका सदस्यले वताए ।

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका सदस्यले बनभोजमा नाँचगान गरेर रमाइलो समेत गरे । समाजकी अध्यक्ष पिंकी गुरुङ र कार्यकारी निर्देशक मनिषा ढकालले समुदायका सदस्यलाई अधिकार प्राप्तिको अभियानमा एकतावद्ध भएर लागिरहन हौसला प्रदान गरेका थिए ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.