कुटपिट गर्ने प्रहरीलाई कारवाहीको माग गर्दै मानवअधिकार आयोगमा उजुरी

कुटपिट गर्ने प्रहरीलाई कारवाहीको माग गर्दै मानवअधिकार आयोगमा उजुरी

519
SHARES

ललितपुर (पहिचान) जेठ १९ – आफूहरु माथि कुटपिट गर्ने प्रहरी माथि कारवाहीको माग गर्दै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएका छन् । नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले तेस्रोलिंगी अनिसा साप्कोटा र डायना खड्कालाई कुटपिट गर्ने लाजिम्पाट प्रहरी विटका प्रहरी सहायक निरीक्षक सागर थापालाई कारवाहीको माग गर्दै आयोगमा लिखित उजुरी दिएकी हुन् ।

साथीको कोठाबाट आफ्नो कोठामा फर्कर्दै गर्दा प्रहरी सहायक निरीक्षक थापाले कुटपिट गरेको भन्दै समाजकी अध्यक्ष गुरुङले कुटपिट गर्ने थापालाई कारवाहीको माग गर्दै आयोगमा निवेदन दिएको अधिवक्ता सुजन पन्तले जानकारी दिए । स्वतन्त्र पूर्वक हिडडुल गर्न पाउनु पर्ने व्यक्तिको अधिकार कसैलाई पनि हनन गर्ने छुट नभएको भन्दै आयोगमा अध्यक्ष गुरुङले लिखित उजुरी दिएको अधिवक्ता पन्तले जानकारी दिए ।

यौनिक तथा लैंगिक अल्पसंख्यकले तेस्रोलिंगी माथि कुटपिट गर्ने प्रहरीलाई कारवाहीको माग गर्दै महानगरिय प्रहरी वृत्त दरवारमार्गमा नारावाजी सहित प्रदर्शन गरेका थिए भने प्रहरी नायव उपरिक्षक कृष्ण बहादुर पल्ली मगरलाई सम्बोधन गरेर लिखित उजुरी दिएका थिए ।

समाचार शेयर गर्नुहोस्
519
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.