राजेश हमाल तेस्रोलिंगीको भूमिकामा देखिएको चलचित्र ‘सकुन्तला’ युट्युबमा रिलिज

राजेश हमाल तेस्रोलिंगीको भूमिकामा देखिएको चलचित्र ‘सकुन्तला’ युट्युबमा रिलिज

काठमाडौं (पहिचान) जेठ २५ – नायक राजेश हमाल तेस्रोलिंगीको भूमिकामा देखिएको चलचित्र ‘सकुन्तला’ युट्युबमा रिलिज भएको छ । दिनेश श्रेष्ठले निर्देशन गरेको चलचित्र ‘सकुन्तला’ मा राजेश तेस्रोलिंगीको भूमिकामा सशक्त रुपमा प्रस्तुत भएका छन् । समाजसेवीका रुपमा देखिएका राजेश तेस्रोलिंगी भएर समाजसेवामा लागेका छन् । राजेश चलचित्रमा नारीको अपमान गर्नेहरुलाई कारबाही गर्दै हिँड्छन् ।
कानुनले अपराधीलाई संरक्षण गरेको भन्दै उनी काननु आफ्नो हातमा लिएर अपराधीको हत्या गर्दै हिँड्छन् । आफ्नी आमा र दिदीलाई बलात्कार गरेर ज्यान लिने बलत्कारीलाई सजाय दिन राजेश पूरै चलचित्र अवधीभर संघर्ष गर्छन् ।
आमा र दिदीलाई बलात्कार गरेर उनको समेत लिंङ्ग छेदन गरेपछि एक्लिएर हिँडेको बालक सकुन्तलामा दिदीमा परिणत हुन्छ र उसले बदलाको भवना लिएर बलत्कारीलाई सजाय दिएपछि चलचित्र सकिन्छ ।
चलचित्रको मुख्य पात्र नै तेस्रोलिंगी बनाएर प्रस्तुत गरिएको चलचित्र सकुन्तला नेपालकै पहिलो व्यबसायिक चलचित्र भएको निर्माण पक्षले दाबी गर्दै आएको छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.