सिपमुलक तालिम तथा रोजगारीको पहुचमा अझै विभेद भइरहेको दुखेसो

सिपमुलक तालिम तथा रोजगारीको पहुचमा अझै विभेद भइरहेको दुखेसो

इन्दिरा न्यौपाने/मकवानपुर (पहिचान) जेठ २५ -यौनिक तथा लैंगिक अल्पसख्यकहरुले समाजको नकारात्मक बुझाइ विस्तारै परिवर्तन भैरहेको भए पनि अझै परिवार र देशको कानुनले विभेद गरिरहेको गुनासो गरेका छन् ।

नर्वेजियन फण्ड र सेभ द चिल्ड्रेनको आर्थिक सहयोग तथा फ्रेण्ड्स हेटौडाको आयोजनामा भएको सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले सिपमुलक तालिम तथा रोजगारीको पहुचमा अझै विभेद भइरहेको दुखेसो व्यक्त गरेका छन् ।
नील हिरा समाजका कार्यक्रम संयोजक सुरज थापाले संवैधानिक अधिकार कार्यान्वयन हुनुपर्ने भन्दै रोजगारी र आरक्षणको व्यवस्था गरिनुपर्ने बताए । शौचालयदेखि अस्पतालसम्म तेस्रोलिंगीहरुलाइ समस्या रहेको भन्दै थापाले उनीहरुको अधिकार प्रत्याभुत गरिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नील हिरा समाजले निर्माण गरेको चलचित्र “म हैन म” लाइ प्रोजेक्टर मार्फत देखाइएको थियो । चलचित्रमा समलिंगीपन भएका व्यक्तिहरुलाई जबर्जस्ती विपरित लिंगिहरुसँग विवाह गरिदिदा दुबैको जिन्दगी बर्वाद भए झैं यौनिक अल्पसंख्यकहरुको व्यवहार सबैले बुझ्नुपर्ने मानव अधिकारकर्मी सुमित पौडेलले बताए ।
यो चलचित्र हेरिसकेपछि यो चलचित्रमा यही समुदायका पात्रहरुलाइ समावेश गराइएको भए अझै उत्कृष्ट हुने भन्दै यसलाइ गाउँ गाँउमा देखाउनुपर्नै प्रतिकृया उपस्थित सहभागिहरुले दिएका छन् ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.