निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

तेस्रोलिंगीलाई नयाँ शक्तिले मात्र प्रतिनिधित्वको ज्ञारेन्टी गरेको छ : इश्वर रिजाल

तेस्रोलिंगीलाई नयाँ शक्तिले मात्र प्रतिनिधित्वको ज्ञारेन्टी गरेको छ : इश्वर रिजाल

521
SHARES

काठमाडौं (पहिचान) जेठ २६ – नयाँ शक्ति पार्टीका केन्द्रीय सचिवालय सदस्य इश्वर रिजालले समलिंगी तेस्रोलिंगीको प्रतिनिधित्व नयाँ शक्तिले मात्र गरेको दावी गरेका छन् । पहिचानसँगको कुराकानीमा नयाँ शक्तिको काठमाडौं जिल्ला संयोजक समेत रहेका रिजालले नयाँ शक्तिले केन्द्रीय नेतृत्वमा नैं ठाउँ दिएको भन्दै अन्य पार्टीमा त्यस्तो नभएको बताए ।
‘नयाँ शक्तिले यौनिक तथा लैंगिक अल्पसंख्यकलाई केन्द्रीय नेतृत्वमै पुर्याएका छौं, बाबुरामजीले त्यही सबैलाई समेट्ने बैकल्पिक शक्तिको परिकल्पनाबाट नैं नयाँ शक्ति स्थापना गर्नुभएको हो,’ संयोजक रिजालले भने, ‘त्यसैले नयाँ शक्तिका सचिवालय सदस्य पिंकी गुरुङलाई अल्पसंख्यक तथा दलित विभागको संयोजक समेत तोकिएको छ ।’ रिजालले यौनिक अल्पसंख्यकहरु नेपालमा सबैभन्दा शोषण र दमनमा परिरहेको भन्दै नागरिकलाई त्यसरी राखिरहनु नै दुर्घटनाको कारण बन्न सक्ने बताए ।
‘समलिंगी तेस्रोलिंगी समुदाय समाजको सबैभन्दा दमित भएको र हिंसा सहन बाध्य भएको समुदाय हो, यसलाई सधै यस्तै राख्ने हो भने फरक कुरा भयो,’ रिजालले भने, ‘हैन भने उनीहरुलाई समान हक दिएर समानताको स्तरसम्म पुर्याउन जरुरी छ ।’
पहिले माओवादी युद्धमा समेत सामेल भएका रिजालले माओवादीसँग धेरैको धेरै अपेक्षा रहेपनि सबैलाई निराश बनाएका कारण नयाँ शक्ति आवस्यक भएको बताए । ‘समावेसिता र समानताको अभ्यासलाई सही ढंगले अघि बढाएको र समय अनुसार रुपान्तरित भएको भए माओवादीले बैकल्पिक शक्तिको काम गर्नसक्थ्यो, तर माओवादी सबैकुुरा छोडेर पुराना शक्तिभन्दा पनि ज्यादा भ्रष्टीकरणमा गयो,’ उनले भने । रिजालले नयाँ शक्तिको पहिचान भनेकै समावेसी चरित्र भएको दावी गरे ।

समाचार शेयर गर्नुहोस्
521
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.