आरक्षणको व्यवस्था गर्न सरकारसँग यौनिक अल्पसंख्यकको माग

आरक्षणको व्यवस्था गर्न सरकारसँग यौनिक अल्पसंख्यकको माग

812
SHARES

बसन्ती कडायत/काठमाडौं (पहिचान) जेठ २६ – यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले आफ्नो समुदायलाई आरक्षणको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । नील हिरा समाजले काठमाडौंमा गरेको दुई दिने परामर्स कार्यक्रममा सहभागी समुदायका सदस्यले आफ्नो समुदायलाई विशेष कोटाको व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् ।

“समलिंगी तेस्रोलिंगी सक्षम नभएका होइनन र हामीले बुझाउन नसकेको पनि होइन उनीहरुले भने, सरकारले आरक्षणको व्यवस्था गरे समाजमा व्याप्त पुरातनवादी सोच हटाउन मद्धत पुग्थ्यो ।” उनीहरुले समलिंगी विवाहलाई पनि विशेष मान्यता दिनु पर्ने माग गरे । “हामी पनि एउटा पुरुष र महिला जस्तै व्यक्ति हौ, हामीले पुरुष र महिला जस्तै स्वतन्त्रपूर्वक बाच्न पाउनु पर्छ उनीहरुले भने, समलिंगी विवाहका लागि विशेष कानुन बनाएर मान्यता दिइयोस ।”

उनीहरुले संविधानमा लेखिएको अधिकार लागू गर्न माग गरे । उनीहरुको विशेष आग्रह थियो, “आमा बुबाले आफ्ना सन्तानको भावना वुझिदिनु पर्छ र नील हिरा समाजले विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म यौनिक तथा लैंगिक अल्पसंख्यकको बारेमा परामर्स दिनुपर्छ ।” उनीहरुले ७५ वटै जिल्लामा नील हिरा समाजको कार्यालय स्थापना भए अझै राम्रो हुने धारणा पनि राखे ।

परामर्स कार्यक्रममा सहभागी यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले संचार माध्यम मार्फत प्रचारप्रसारलाई प्राथमिकता दिन सुझाव पनि दिएका छन् । “सुरुका दिनमा भन्दा अहिले धेरै सहज भएको छ उनीहरुले भने, आफ्नो अधिकारका लागि आफैले लड्नु पर्छ नील हिरा समाजलाई हाम्रो साथ छ ।”

तेस्रोलिंगी अधिकारकर्मी बर्षा ठकुरीले समलिंगी तेस्रोलिंगीहरुमा धेरै विभेद हुने गरेको वताइन । समलिंगी तेस्रोलिंगीबीच राम्रो सम्वन्ध भएन भने घर, परिवारलाई कसरी बुझाउने ? ठकुरीले भनिन्, आफ्नो बारेमा घर, परिवार र समाजलाई बुझाउन नसक्नु हाम्रो कमजोरी हो ।

समाचार शेयर गर्नुहोस्
812
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.