राष्ट्रिय सांस्कृतिक नृत्य प्रतियोगिता : आगामी असार ११ गते राष्ट्रिय नाँचघरमा, सबैलाई प्रवेश निशूल्क

राष्ट्रिय सांस्कृतिक नृत्य प्रतियोगिता : आगामी असार ११ गते राष्ट्रिय नाँचघरमा, सबैलाई प्रवेश निशूल्क

काठमाडौं (पहिचान) जेठ २७ – समलिंगी तेस्रोलिंगी कलाकारहरुको राष्ट्रिय सांकृतिक नृत्य प्रतियोगिता काठमाडौंमा हुने भएको छ । प्रतियोगिता यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकार वकालत गर्ने संस्था नील हिरा समाजको आयोजनामा आगामी असार ११ गते काठमाडौंको राष्ट्रिय नाचघरमा हुने छ ।

विभिन्न जिल्लामा छरिएर रहेका समलिंगी तेस्रोलिंगी समुदायका कलाकारहरुलाई प्रोत्साहन तथा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई समाजिक अन्तरघुलन गराउने उद्धेश्यले आयोजित प्रतियागिताका विजेताले ५० हजार भन्दा माथिको नगद पुरस्कार प्राप्त गर्ने छन् ।
‘समाजिक अन्तरघुलन गर्न, यौनिक तथा लैंगिक अल्पसंख्यकहरुमा रहेको प्रतिभाका लागि मञ्च प्रदान गर्न तथा यौनिक अल्पसंख्यकहरुमा पनि क्षमता हुन्छ भन्ने कुरा आम मानिसमा स्थापित गर्न राष्ट्रिय सांस्कृतिक नृत्य प्रतियोगिता आयोजना गरिएको हो,’ नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले भनिन्, ‘त्यसमा विभिन्न जिल्लामा रहेका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले भाग लिन्छन् र आ आफ्ना सांस्कृतिक नृत्य प्रस्तुत गर्ने छन् ।’
यस अघि मिस पिंक, मिस्टर गे लगायतका प्रतियोगिता गर्दै आएको समाजले समाज र सामाजिक धारणामा परिवर्तन ल्याउन सांस्कृतिक परिवर्तन आवस्यक हुने भन्दै सांस्कृतिक नृत्य प्रतियोगिता आयोजना गरेको जनाएको छ ।
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय मात्र हैन सांस्कृतिक नृत्यमा लगाव हुने र मनोरञ्जन लिन चाहने सबैलाई राष्ट्रिय नाचघरमा निम्तो छ,’ अध्यक्ष गुरुङले भनिन्, ‘प्रवेशका लागि कुनै शूल्क तिर्नुपर्दैन निशुल्क प्रवेश र मनोरञ्जन गर्नसक्नुहुने छ ।’

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.