लैगिक अल्पसंख्यकलाई एचआईभीको जोखिम बढी

लैगिक अल्पसंख्यकलाई एचआईभीको जोखिम बढी

राज चौधरी/कैलाली (पहिचान) असार १ – सुदुरपश्चिम समाजका संयोजक राजु लामाले समलिंगी सम्बन्धलाई नबुझ्दा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई एचआईभीको जोखिम बढी रहेको बताएका छन् ।
यो समुदायलाई एचआईभीको जोखिम धेरै हुँदा यस विषयमा सबै समुदायलाई जानकारी गराउनु पर्ने आवश्यक रहेको उनले वताए । “जो जोखिमपूर्ण यौन व्यवहार गरिरहेको हुन्छ । यसलाई एचआईभी संक्रमणको खतरा बढी हुन्छ, उनले भने, “त्यसैले यसबारे सबैले खुलेर कुरा गर्नुपर्छ । आवश्यक जानकारी राख्नुपर्छ ।”
आफ्नो समस्या खुलेर नभन्ने रगत परीक्षण गर्न डराउने यस्ता क्रियाकलापले झन् बढी जोखिम रहेको लामाको भनाइ छ । उक्त कार्यक्रममा लैंगिक हिंसा र यसका असरहरुको वारेमा जानकारी गराइएको थियो । विद्यार्थी र समलिंगी तेस्रोलिंगी समुदायलाई एचआईभी तथा यौनरोग र लैंगिक हिंसाबारे जानकारी गराइएको हो ।
सुदुरपश्चिम समाजले आयोजना गरेको कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा एचआईभी एड्स, यो सर्ने/नसर्ने तारिका र लैंगिक हिंसाको बिषयमा जानकारी दिइएको थियो ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.