रामग्राम नगर प्रमुखमा तेस्रोलिंगी गिता सैंथवारको उम्मेदवारी दर्ता

रामग्राम नगर प्रमुखमा तेस्रोलिंगी गिता सैंथवारको उम्मेदवारी दर्ता

नवलपरासी (पहिचान) असार ४ – नवलपरासीको रामग्राम नगरपालिकाको नगर प्रमुख पदमा तेस्रोलिंगीको पनि उम्मेदवारी मनोनयन दर्ता भएकोे छ । तराई मधेश फोरम र नेकपा मालेबीच भएको तालमेल अनुसार सैंथवारले मेयर उम्मेदवारी दिएकी हुन् । दुई पार्टीबीच भएको तालमेल अनुसार मेयरमा तराई मधेश फोरम र उपमेयरमा नेकपा मालेले उम्मेदवारी दिने गरी तालमेल भएको हो ।

रामग्राम नगरपालिकाका निर्वाचन अधिकृत कैलाश केसीका अनुसार नेकपा माले पार्टीबाट तेस्रोलिंगी गिता सैैथवारले नगर प्रमुख पदमा उम्मेदवारी मनोनयन दर्ता गराएकी हुन् । उनको उमेर अहिले ५१ बर्ष रहेको छ । उनको घर रामग्राम नगरपालिकाको वडा नम्बर ७ रहेको छ । उनले कक्षा ८ पास गरेकी छन् ।

दिपचन्द्र छठेर प्रस्तावक र चन्द्र करौलको समर्थनमा उनले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत केसीले जानकारी दिए । तालमेल अनुसार नेकपा मालेबाट नगर उपप्रमुख पदमा केवल कोईरी पुरुषले उमेद्वारी मनोनयन दर्ता गराएका छन् ।

२०१९ सालमा जन्मिएकी गीताले वैवाहिक जीवनमा बााधिएर महिलाका रूपमा नागरिकता लिएकी छन् । पहिलो संविधानसभा निर्वाचनमा उनी नेपाल युवा किसान पार्टीबाट जिल्लाको क्षेत्र नं. ६ बाट लडेकी थिइन् ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.