समलिंगी विवाह गर्न चाहनेलाई कानुनी अधिकार प्रदान गर्नुपर्छ : टुकाभद्रा हमाल

समलिंगी विवाह गर्न चाहनेलाई कानुनी अधिकार प्रदान गर्नुपर्छ : टुकाभद्रा हमाल

काठमाडौं (पहिचान) असार ५ – सांसद टुकाभद्रा हमालले समलिंगी विवाहका लागि कानुनी अधिकार दिनुपर्ने बताएकी छन् । एमालेबाट प्रतिनिधित्व गर्ने सांसद हमालले विवाह पनि व्यक्तिको छनौंटको अधिकार भएकाले उनीहरुलाई कानुनी अधिकारका रुपमा स्थापित गरेर समाजमा त्यसलाई व्यवस्थित र मर्यादित बनाउनुपर्ने बताएकी हुन् ।

‘यौनिक तथा लैंगिक अल्पसंख्यकहरु थुप्रै संख्यामा भएको तथ्यांकबाट देखिन्छ, उनीहरुलाई कानुनी अधिकार दिएर व्यवस्थित जीवनमा नल्याउँदासमम थुप्रै प्रकारका समस्या आउँनसक्छन्,’ पहिचानसँगको कुराकानीमा हमालले भनिन्, ‘त्यस्ता समस्या आउन नदिन र नागरिक अधिकारको उपभोग गर्ने वातावरण निर्माण गर्न समलिंगी विवाहलाई मान्यता दिनुपर्छ ।’ उनले समलिंगी तेस्रोलिंगीले पनि संविधानमा लेखिहाल्यो अव हुन्छ भनेर ढुक्कले बस्न नहुने बताइन् ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.