राज्यले चाह्यो भने यसरी श्रीजना हुन्छ रोजगारी : आत्मनिर्भर हुन पोखराका समलिंगी तेस्रोलिंगीले रोजे ड्राइभिङ पेशा

राज्यले चाह्यो भने यसरी श्रीजना हुन्छ रोजगारी : आत्मनिर्भर हुन पोखराका समलिंगी तेस्रोलिंगीले रोजे ड्राइभिङ पेशा

कास्की (पहिचान) असार ६ – पोखरा लेखनाथका समलिंगी तेस्रोलिंगीले अन्तमनिर्भरताका लागि ड्राइभिङ पेशा रोजेका छन् । स्थानीय निकायमार्फत यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका लागि छुट्याएको बजेटबाट संचालन गरिएको शीप विकास तालिमबाट उनीहरुलाई पेशा अपनाउने अवसर प्राप्त भएको हो ।

स्थानीय निकायले वर्षेनी यौनिक अल्पसंख्यक समुदायको लागि सिमित वजेट छुट्टाए पनि आर्थिक वर्ष ०७३/७४ मा पोखरा–लेखनाथ महानगरपालीकाले केही रकम वढी छुट्टाएको थियो । महानगरपालिकाले यौनिक अल्पसंख्यक समुदायका लागि छुट्याएको १ लाख ५० हजार रुपैयाँबाट समुदायका १० जनाले एक महिने ड्राईभीङ तालिम लिएर आत्मानिर्भरताको बाटो रोजेका हुन् ।
‘समाज देखी हामी धेरैं भिन्न छौ । धेरै पढेका पनि छैनौ त्यसैले चाहे अनुसार जागिर खाने क्षमता पनि नभएको हँुदा म जस्तो तेस्रोलिंगी समुदायहरुलाई स्थानीय निकायले सहयोग गरेकोमा आभारी छुँ,’ तेस्रोलिंगी महिला रोशनी राईले भनिन् ।
ड्राइभिङ तालिममा राज थापा, अञ्जली थापा, विन्दिया गौंतम, ललिता विश्वकर्मा, विपना पनेरु, वर्ष राना, मोनालिसा मल्ल, श्रीया थापा, सुनिता गुरुङ र रोशनी राई सहभागि भए । उनीहरु मध्ये अधिकांशले ड्राइभिङलाई पेशाकै रुपमा अपनाउने बताएका छन् ।
राज्यले चाह्यो भने उसले गरेको सानो लगानीले वहिस्करणमा परेको समुदायलाई समेत समायोजित हुने र स्वरोजगार हुने अवसर प्राप्त हुन्छ भन्ने यो एउटा उदाहरण हो ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.