यौनिक अल्पसंख्यकले तेस्रोलिंंगी उम्मेदवारलाई मतदान गर्छन्, नभएका ठाउँमा तेस्रोलिंगीका मुद्धामा सकारात्मक उम्मेदवारलाई

यौनिक अल्पसंख्यकले तेस्रोलिंंगी उम्मेदवारलाई मतदान गर्छन्, नभएका ठाउँमा तेस्रोलिंगीका मुद्धामा सकारात्मक उम्मेदवारलाई

513
SHARES

काठमाडौं (पहिचान) असार ७ – नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले यौनिक तथा लैंगिक अल्पसंख्यकहरु पनि पहिलो र दोस्रो चरणको स्थानीय चुनावमा उम्मेदवार बनेका भन्दै त्यसलाई समुदायले सकरात्मक रुपमा लिएको बताएकी छन् । पहिचानसँगको कुराकानीमा अध्यक्ष गुरुङले पहिलो चरणको स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकामा वडा सदस्यको उम्मेदवार बनेको भन्दै अहिले पनि रुपन्देहीको तिलोत्तमा नगरपालिकाको वडा नम्मबर ८ मा वडा अध्यक्षकै उम्मेदवार बनेको भन्दै यो समुदायका लागि गरिएको सम्मान र सामाजिक अन्तरघुलनको उदाहरण भएको बताइन् ।

‘यौनिक तथा लैंगिक अल्पसंख्यकहरुले समुदायको उम्मेदवार भएका ठाउँमा उम्मेदवारलाई मतदान गर्छन, नभएका ठाउँमा समलिंगी तेस्रोलिंगीका मुद्धामा सकारात्मक र त्यसको पक्षमा वकालत गर्ने उम्मेदवारलाई मतदान गर्छन्,’ अध्यक्ष गुरुङले भनिन्, ‘राजनीतिक आस्था सबैको हुँन्छ, तर स्थानीय चुनावमा आस्था भन्दा पनि मुद्धा संबोधनका लागि व्यक्ति पनि छनौंट गर्नु आवस्यक छ ।’ उनले स्थानीय चुनावमा ठुला ठुला पार्टीमा पनि मतदाताहरुले पार्टीभन्दा ज्यादा उम्मेदवार हेरेर मतदान गर्ने गरेको अनुभव सुनाइन् ।
‘फेरी यसपटक पुराना पार्टीहरुले पनि नीति सिद्धान्त भन्दा पनि चुनाव जित्ने कुरालाई प्राथमिकतामा राखेका छन्, कांग्रेस–माओवादी केन्द्र र एमाले–राप्रपा तालमेल त्यसैको उदाहरण हो,’ गुरुङले भनिन्, ‘त्यस्तो अवस्थाले विभिन्न पार्टीमा आस्था राख्ने यौनिक अल्पसंख्यकलाई पनि आस्थाकै कारण पार्टीभित्र अल्झनुपर्ने आवस्यकता छैन ।’
‘यौनिक तथा लैंगिक अल्पसंख्यकलाई पहिलो चरणमा पनि नयाँ शक्ति पार्टीले उम्मेदवार बनाएको थियो, अहिले पनि रुपन्देहीको तिलोत्तमा नगरपालिकामा ८ नम्बर वडाको अध्यक्ष उम्मेदवार नैं तेस्रोलिंगी आनिक रानालाई बनाएको छ,’ गुरुङले भनिन्, ‘त्यसैले तुलनात्मक रुपमा अन्य पार्टी भन्दा नयाँ शक्ति पार्टी तेस्रोलिंगी मैत्री पार्टी हो ।’ उनले आफूलाई नयाँ शक्ति पार्टीले केन्द्रीय सचिवालय सदस्य बनाएर विभागीय जिम्मेवारीसमेत दिएको भन्दै त्यस्तो जिम्मेवारी अरु कसैले नदिएको बताइन् । गुरुङ नयाँ शक्ति नेपाल पार्टीको केन्द्रीय परिषद् सदस्य हुँदै केन्द्रीय सचिवालयमा पुगेर दलित तथा अल्पसंख्यक विभागको संयोजक बनेकी छन् ।

समाचार शेयर गर्नुहोस्
513
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.