निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

राष्ट्रव्यापि सांस्कृतिक लोकनृत्य प्रतियोगिताका लागि सम्पूर्ण तयारी पुरा, ११ गते नाच घरमा प्रवेश निशूल्क

राष्ट्रव्यापि सांस्कृतिक लोकनृत्य प्रतियोगिताका लागि सम्पूर्ण तयारी पुरा, ११ गते नाच घरमा प्रवेश निशूल्क

951
SHARES

काठमाडौं (पहिचान) असार ८ – राष्ट्रव्यापि सांस्कृतिक लोकनृत्य प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । यही असार ११ गते दिउँसो ३ बजेबाट सुरु हुने राष्ट्रव्यापि लोकनृत्य प्रतियोगिताका लागि देशका विभिन्न ठाउँबाठ सहभागिहरु काठमाडौं आउँदैछन् ।
‘विविध यौनिकता, विविध लैंगिकता, संस्कृति संवर्धन गर्ने हाम्रो प्रतिवद्घता’ भन्ने नारासहित यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको मातृसंस्था नील हिरा समाजको आयोजनामा हुने नृत्य प्रतियागितामा २० वटा समुहले भाग लिदैंं छन् ।

प्रतियोगितामा पहिलो हुने समुहले ५० हजार, दोस्रो हुने समुहले ४० हजार र तेस्रो हुने समुहले ३० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछ । प्रतियोगितामा उपस्थितिका लागि नील हिरा समाजले सरकारी निकाय, राजनीतिक दल, प्रहरी प्रशासनलाई निम्तो दिएको जनाएको छ । काठमाडौं आउने समलिंगी तेस्रोलिंगी कलाकारको सुरक्षा व्यवस्थामा सहयोग गरिदिन समाजले जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई पनि आग्रह गरेको छ ।
विगत १७ बर्षदेखि नेपालमा रहेका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकारप्राप्तिको अभियान चलाउँदै आएको संस्था नील हिरा समाजले मिस पिंक, मिष्टर गे ह्याण्डसम, सडक नाटक, गाइजात्रा, तिज पर्व एवं सास्कृतिक तथा अन्य चेतनामुलक कार्यक्रम गर्दै आएको छ ।
नाचघरमा हुने प्रतियोगितामा विभिन्न जिल्लामा छरिएर रहेका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका कलाकारहरुको सहभागिता रहनेछ । यौनिक तथा लैंगिक अल्पसंख्यकको समाजिक तथा सास्कृतिक अन्तरघुलन र उनीहरुभित्र रहेको प्रतिभाका प्रस्फूटन तथा प्रदर्शनका लागि मञ्च प्रदान गर्न प्रतियागिता आयोजना गरिएको नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले जानकारी दिइन ।
‘समलिंगी तेस्रोलिंगीमा रहेका प्रतिभाका लागि मञ्च प्रदान गर्यो र उनीहरुमा भएको क्षमताका लागि मञ्च प्रदान गरेर प्रोत्साहन गर्न सकियो भने, उनीहरुमा आत्मविश्वास भर्न र केही गर्नसक्छौं भनेर आशा जगाउन पनि सकिन्छ,’ अध्यक्ष गुरुङले भनिन्, ‘त्यसैले देशभरका समलिंगी तेस्रोलिंगी कलकारहरु उत्साहपूर्वक काठमाडौंमा आउँदैछन् ।’ उनले राष्ट्रिय सांस्कृतिक नृत्य प्रतियोगिता मार्फत देशको कला संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धनमा समेत टेवा पुर्याउने उद्धेश्य रहेको बताइन् ।

समाचार शेयर गर्नुहोस्
951
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.