निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

पहिलो यौनिक तथा लैंगिक अल्पसंख्यक राष्ट्रव्यापि लोकनृत्य प्रतियोगिता आज हुँदै

पहिलो यौनिक तथा लैंगिक अल्पसंख्यक राष्ट्रव्यापि लोकनृत्य प्रतियोगिता आज हुँदै

657
SHARES

काठमाडौं (पहिचान) असार ११ – पहिलो यौनिक तथा लैंगिक अल्पसंख्यक राष्ट्रव्यापि सांस्कृतिक लोकनृत्य प्रतियोगिता आज हुँदैछ । दिउँसो ३ बजेबाट सुरु हुने राष्ट्रव्यापि लोकनृत्य प्रतियोगिताका लागि देशका विभिन्न ठाउँबाठ सहभागिहरु काठमाडौं आइसकेका आयोजक नील हिरा समाजले जनाएको छ ।

‘विविध यौनिकता, विविध लैंगिकता, संस्कृति संवर्धन गर्ने हाम्रो प्रतिवद्घता’ भन्ने नारासहित यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको मातृसंस्था नील हिरा समाजको आयोजनामा हुने नृत्य प्रतियागितामा २० वटा समुहले भाग लिनेछन् ।
प्रतियोगितामा पहिलो हुने समुहले ५० हजार, दोस्रो हुने समुहले ४० हजार, तेस्रो हुने समुहले ३० हजार र सान्त्वना स्वरुप १० हजार रुपैयाँ नगद पुरस्कार पाउने समाजकी अध्यक्ष पिंकी गुरुङले जानकारी दिइन । प्रतियोगितामा उपस्थितिका लागि नील हिरा समाजले सरकारी निकाय, राजनीतिक दल, प्रहरी प्रशासनलाई निम्तो दिइसकेको जनाएको छ ।
विगत १७ बर्षदेखि नेपालमा रहेका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकारप्राप्तिको अभियान चलाउँदै आएको संस्था नील हिरा समाजले मिस पिंक, मिष्टर गे ह्याण्डसम, सडक नाटक, गाइजात्रा, तिज पर्व एवं सास्कृतिक तथा अन्य चेतनामुलक कार्यक्रम गर्दै आएको छ ।
नाचघरमा हुने प्रतियोगितामा विभिन्न जिल्लामा छरिएर रहेका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका कलाकारहरुको सहभागिता रहनेछ । ‘समलिंगी तेस्रोलिंगीमा रहेका प्रतिभाका लागि मञ्च प्रदान गर्यो र उनीहरुमा भएको क्षमताका लागि मञ्च प्रदान गरेर प्रोत्साहन गर्न सकियो भने, उनीहरुमा आत्मविश्वास भर्न र केही गर्नसक्छौं भनेर आशा जगाउन पनि सकिन्छ,’ अध्यक्ष गुरुङले भनिन, ‘त्यसैले देशभरका समलिंगी तेस्रोलिंगी कलकारहरु उत्साहपूर्वक काठमाडौंमा आइसकेका छन् ।’

समाचार शेयर गर्नुहोस्
657
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.