विभेद र लान्छना अन्त्य गर्ने घिमिरेको प्रतिवद्धता

विभेद र लान्छना अन्त्य गर्ने घिमिरेको प्रतिवद्धता

विनोद विसी/रुपन्देही (पहिचान) असार १२ – राष्ट्रिय अपाङ्ग महासंघ नेपाल पश्चिमाञ्चल क्षेत्रीय कार्यालय रुपन्देहीको क्षेत्रीय कार्यलय संयोजक सावित्री घिमिरेले समलिंगी तेस्रोलिंगी अझै पनि पछाडी परेको वताएकी छन् । उनले राज्यबाट अझै पनि अपाङ्गता भएका व्यक्ति र समलिंगी तेस्रोलिंगी समुदाय पछाडी परेको बताएकी हुन् ।

पहिचान अनलाइनसँग कुरा गर्दै संयोजक घिमिरेले अपाङ्गता भएका व्यक्ति र सपाङ्गता भएका समलिंगी तेस्रोलिंगी यो राष्ट्र र समाजले हेर्ने दृष्टिकोणमा कुनै भिन्नता नभएको वताइन । उनले अबको दिनमा अपाङ्गता भएका व्यक्तिहरु र समलिंगी तेस्रोलिंगीहरुको सयूंक्त रुपमा एक अर्काको अधिकारको लडाईमा आवाज उठाउनु पर्नेमा जोड दिइन ।
संयोजक घिमिरेले आफू पनि एक अपाङ्गता व्यक्ति भएको हुनाले अबको दिनमा समलिंगी तेस्रोलिंगी समुदायको विषयमा पछाडी नहटी संघर्ष गर्ने र यो मुलुकमा विभेद र लान्छना अन्त्य गर्ने प्रतिवद्धता जनाइन ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.