निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

क्लिभ समुदायको हिन्दुशास्त्रमा पवित्र महिमा छ, उनीहरु प्राकृतिक हुन् : अरुणकुमार सुवेदी

क्लिभ समुदायको हिन्दुशास्त्रमा पवित्र महिमा छ, उनीहरु प्राकृतिक हुन् : अरुणकुमार सुवेदी

861
SHARES

काठमाडौं (पहिचान) असार १३ – राजनीतिक विश्लेषक अरुण कुमार सुवेदीले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय प्राकृतिक भएको बताएका छन् । पहिचानसँगको कुराकानीमा विश्लेषक सुवेदीले हिन्दु धर्म शास्त्रमा क्लिभ समुदाय भनिएको यो समुदायको महिमा राम्रैसँग उल्लेख भएको बताए ।

‘हिन्दु धर्म तथा दर्शन शास्त्रमा क्लिभ समुदायको राम्रै महिमा भेटन सकिन्छ, महादेवको अर्ध नारेश्वर, विष्णुको मोहिनी रुप र अर्जुनको पनि त्यस्तो भूमिका उल्लेख गरेको पाइन्छ,’ सुवेदीले भने, ‘अहिले हाम्रो समुदायमा देखिएका क्लिभहरुको विषयमा भने भारतीय समलिंगी तेस्रोलिंगीको भूमिकाका आधारमा त्यति राम्रो छवि नभएको पाइन्छ ।’ उनले भारतीय समलिंगी तेस्रोलिंगीले रेलवे स्टेसनमा गर्ने भूमिका र प्रस्तुतीका आधारमा अन्यत्र पनि मूल्यांकन गर्दा केही नकारात्मक दृष्टिकोण रहेको बताए ।
‘विकासमा प्रगतिशील भएर पनि म अन्य विषयमा ‘मोडरेड कन्जरभेटिभ’ छु र समाजमा जन्मिसकेपछि सृष्टिलाई निरन्तरता दिनुपर्छ भन्छु,’ सुवेदीले भने, ‘त्यसैले कोही समलिंगी सम्बन्धप्रति नैं आकर्षित भएपनि उसले विभिन्न प्रविधि प्रयोग गरेर भए पनि बच्चा जन्माओस र सृष्टिलाई निरन्तरता देओस भन्छु ।’ उनले समाज शास्त्रिय मान्यताप्रति आफू जानकार नभएको र उनीहरको शारिरिक मनोवैज्ञानिक पक्षमा पनि आफूले अध्ययन नगरेको भन्दै नागरिककाबीचमा समानता हुनुपर्छ भन्ने सामान्य मान्यता मात्र आफूले राख्ने बताए ।
विश्लेषक सुवेदी विकास, अर्थराजनीति र अन्तराष्ट्रिय राजनीतिका साथै साहित्यमा समेत कलम चलाउँछन् ।

समाचार शेयर गर्नुहोस्
861
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.