यौनिक अल्पसंख्यकलाई सहयोग गर्ने हेटौंडा उपमहानगरको प्रतिबद्धता

यौनिक अल्पसंख्यकलाई सहयोग गर्ने हेटौंडा उपमहानगरको प्रतिबद्धता

इन्दिरा न्यौपाने/मकवानपुर (पहिचान) असार १६ – मकवानपुरको हेटौंडामा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायप्रति हुने लाल्छना तथा विभेद न्यूनिकरणका लागि जनचेतनामुलक सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा फ्रेण्ड्स हेटौंडा मकवानपुरले कार्यक्रम गरेको हो ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना लामाले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको उत्थान, पहिचान र अधिकारमा आफू आफ्नो कार्यालय संधै तत्पर रहेको बताइन् ।
नेकपा एमाले जिल्ला अध्यक्ष मुनु सिग्देलले पनि पार्टीगत रुपमा यो समुदायबाट प्रतिनिधित्व गरि अगाडी आउनुपर्ने भन्दै त्यसका लागि पार्टीगत र व्यक्तिगत रुपमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा जिल्ला विकास समितिका सामाजिक विकास अधिकृत रामकृष्ण थापा र हेटौंडा उपमहानगरपालिकाका सामाजिक विकास अधिकृत भिमप्रसाद तिमल्सिनालाई सम्मान गर्नुका साथै जिल्ला समन्वय समिति र हेटौंडा उपमहानगरपालिकालाइ मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रममा महिला तथा बालबालिका मन्त्रालयका भरत शर्मा, लगायत विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता थियो । सांकृतिक कार्यक्रममा आफ्नो कला प्रस्तुत गर्नका लागि विभिन्न ठाउँबाट तेस्रोलिंगी कलाकारहरुको सहभागिता थियो ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.