‘धनपति’ नायिका सुरक्षा भन्छिन् – एलजीबीटीआईको अधिकारका लागि सहयोग गर्छु

‘धनपति’ नायिका सुरक्षा भन्छिन् – एलजीबीटीआईको अधिकारका लागि सहयोग गर्छु

597
SHARES

काठमाडौं (पहिचान) असार १७ – नायिका सुरक्षा पन्तले आफू समलिंगी तेस्रोलिंगीको सहयोगका लागि सँधै तयार रहेको बताएकी छन् । रेडियो कार्यक्रम पहिचान सँगको कुराकानीका क्रममा उनले भनिन्, “म एलजीबीटीआईको अधिकारका लागि मैले सकेको सहयोग गर्न सँधै तयार छु । सबै नागरिक समान हुन् भन्ने सोचाइबाट अगाडी बढ्नुपर्छ ।”

अझै पनि समलिंगी तेस्रोलिंगीलाई उनीहरुको फरक यौनिक पहिचानकै कारण विभेद हुनु दुर्भाग्य रहेको उनको भनाइ छ । महिला पुरुष सरह समलिंगी तेस्रोलिंगी पनि समान हुन् भन्ने बुझाइ नभएसम्म समतामुलक समाज निर्माण नहुने उनको भनाइ छ ।
“पछिल्लो समय समलिंगी तेस्रोलिंगीका विषय पनि चलचित्रमा उठ्न थालेको छ,” उनले भनिन्, “भर्खरै प्रदर्शनमा आएको ‘आधा लभ’ मा पनि समलिंगीको विषयलाई उठान गरिएको छ । यो सकारात्मक पक्ष हो ।”
मौलिक चलचित्र निर्माणको क्रम सुरु भएको अहिलेको अवस्थामा यौनिक तथा लैंगिक अल्पसंख्यकको विषय पनि नयाँ हुन सक्ने सुरक्षाले बताइन् ।
कतिपय चलचित्रले समलिंगी तेस्रोलिंगीलाई नराम्रो हाँसोको पात्रका रुपमा मात्रै चित्रित गर्नु गलत भएको उनको बुझाइ छ । “सबै मान्छे गलत हुँदैनन् । सबैलाई जनरलाइज पनि गर्नुहुँदैन । तर भइरहेको छ । यो गलत हो । यसको अन्त्य हुनुपर्छ,” सुरक्षा भन्छिन्, “चलचित्र कलाको सशक्त माध्यम भएकाले यसबाट राम्रो सन्देश दिन सक्यो भने समाजले पनि सकारात्मक रुपमा लिन थाल्छ ।”
सुरक्षा अभिनित चलचित्र ‘धनपति’ यही असार २३ गतेबाट अल नेपाल रिलिज हुँदैछ ।

समाचार शेयर गर्नुहोस्
597
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.