यौनिक अल्पसंख्यकप्रति समाजमा रहेको भ्रम हटाउन अन्तरक्रिया

यौनिक अल्पसंख्यकप्रति समाजमा रहेको भ्रम हटाउन अन्तरक्रिया

इन्दिरा न्यौपाने/मकवानपुर (पहिचान) असार १८ – सरकारी निकायका प्रतिनिधिहरुले यौनिक तथा लैंगिक अल्पसख्यकका बिषयमा नीति बन्नु पर्नेमा जोड दिएका छन् । महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले हेटौडामा गरेको यौनिक तथा लैगिक अल्पसंख्यकप्रति समाजमा रहेको भ्रम सम्बन्धि अन्तकृया गोष्ठीमा सहभागी सरकारी निकायका प्रतिनिधिहरुले नीति बन्नु पर्नेमा जोड दिएका हुन् ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला शिक्षा कार्यालय लगायतका प्रतिनिधिले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय प्रति समाजमा रहेको भ्रम अन्त्य गर्न कानुन बन्नु पर्ने र कार्यान्वयन हुनपर्ने वताए । महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका उपसचिव भरत शर्माले यौनिक तथा लैंगिक अल्पसख्यक प्रति समाजमा रहेको भ्रम हटाउन सरकारी निकायवाट पनि जनचेतना मुलक कार्यक्रम हुन थालेको जानकरी दिए ।

पछिल्लो समयमा आफ्नो पहिचान सहित अगाडी आएका यौनिक तथा लैंगिक अल्पसख्यकहरुप्रति अझै पनि समाजमा भ्रम नै सृजना भैरहेकोले अब यस्ता भ्रममा अल्झिन नहुनेमा सहभागीहरुले जोड दिए । सहभागी समलिंगी तेस्रोलिंगीहरुले आफ्नो समुदाय प्रति समाजको नकारात्मक धारणा परिर्वतन नभएकोमा गुनासो व्यक्त गरे ।

केही समय अगाडि नेहा मानन्धरलाइ आफ्नो पहिचान सहितको नागरिकताको प्रतिलिपि प्रशासनले नदिएको स्मरण गर्दै अझै पनि समलिंगी तेस्रोलिंगीले आफ्नो पहिचान सहितको नागरिकता पाउन नसकेको वताए ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.