निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

समलिंगी निर्देशक निलु डोल्मा शेर्पाको अन्त्येष्टि

समलिंगी निर्देशक निलु डोल्मा शेर्पाको अन्त्येष्टि

671
SHARES

काठमाडौं (पहिचान) असार २० – शनिवार निधन भएकी नेपालकी पहिलो समलिंगी निर्देशक निलु डोल्मा शेर्पाको अन्त्येष्टि गरिएको छ । शेर्पाको स्वयम्वुमा अन्त्येष्टि गरिएको हो । २०१६ मा रिलिज भएको फिल्म ‘हाउ फन्नी’ की निर्देशक शेर्पाको शनिबार शिक्षण अस्पताल महाराजगञ्जमा हृदयघातका कारण निधन भएको थियो ।

पुन्टे परेडमा अभिनय गरेकी उनी नेपालकी पहिलो समलिंगी निर्देशक हुन् । उनको पार्थिव शरिरमा परिवार तथा आफन्त, यौनिक तथा लैंगिक अल्पसंख्यक, कलाकर्मी, शुभचिन्तक लगायतले स्वयम्वु पुगेर श्रद्धान्जली दिए । नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङ, कार्यकारी निर्देशक मनिषा ढकाल लगायतका यौनिक तथा लैंगिक अल्पसंख्यकले विश्वव्यापी रुपमा मान्यता पाएको यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको इन्द्रेणी रंगको झण्डा ओडाइ दिए ।

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले निलुको आत्माको चिरशान्तिको कामना गरे । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको मातृ संस्था नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले निलु डोल्मा शेर्पाको अल्पआयुमै भएको असामयिक निधनले पुरै नेपाली चलचित्र जगतमै मात्र नभई यौनिक तथा लैंगिक अल्पसंख्यक (एलजीबीटीआइ) को अभियानको क्षेत्रमा ठुलो क्षती पुगेको वताइन ।

निलु अर्को एक नयाँ सिनेमाको निर्माणमा जुटेकी थिइन् र चाँडै घोषणा हुने तयारी थियो ।

 

समाचार शेयर गर्नुहोस्
671
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.