समलिंगी तेस्रोलिंगी किन समस्यामा छन् र समाधान के हुनसक्छ ? हामी काम गर्न तयार छौं : जगत तिमिल्सिना

समलिंगी तेस्रोलिंगी किन समस्यामा छन् र समाधान के हुनसक्छ ? हामी काम गर्न तयार छौं : जगत तिमिल्सिना

965
SHARES

काठमाडौं (पहिचान) असार २२ – प्रजातान्त्रिक प्राध्यापक संघका अध्यक्ष जगत तिमिल्सिनाले प्रकृतिमा अनेक प्रकारका बोटविरुव भएजस्तै मानिसमा पनि विविधता हुने भन्दै कसैलाई पनि विभेद गर्न नहुने बताएका छन् । पहिचानसँगको कुराकानीमा अध्यक्ष तिमिल्सिनाले समलिंगी वा तेस्रोलिंगी भएका कारण पनि विभेद गर्न नहुने बताए ।

‘कोही रुखका काम टहारी दिने मात्र हुन्छ कोही रुखको काम फल दिने हुन्छ भने कोहीको फूल दिने हुन्छ, पिपलले छहारी दिन्छ, काडाँ भएको बेलको आफ्नै काम छ,’ अध्यक्ष तिमिल्सिनाले भने, ‘मानिसहरु पनि त्यस्तै प्रकृतिका देन नैं हुन् त्यसैले कुनै पनि प्रकारको विभेद स्वीकार्य हुँदैन ।’ उनले समलिंगी तेस्रोलिंगीलाई पनि विभेद नभएर अवसर दिएर समान बनाउनुपर्ने बताए ।
‘मुल कुरा त शिक्षा नैं हो, विद्यालय तह देखि नैं समलिंगी तेस्रोेलिंगी र मानिसको प्रकृतिबारे अध्यापन गराउने हो भने विभेद जरै देखि अन्त्य हुन सक्छ,’ तिमिल्सिनाले भने, ‘त्यसका लागि अहिलेको शिक्षीत वर्गको भूमिका आवस्यक छ, करिकुलम सुधार आवस्यक छ ।’ तिमिल्सिनाले आस्यक परे अध्ययन अनुसन्धानका लागि काम गर्न आफूहरु तयार रहेको बताए ।
‘त्रिभूवन विश्वविद्यालय वा अरु विश्वविद्यालयले प्राध्यापकहरुलाई पुरा समय काममा लगाउन सक्छ र थुप्रै विषयमा अनुसन्धान गर्न गराउन सक्छ,’ अध्यक्ष तिमिल्सिनाले भने, ‘यदी समलिंगी तेस्रोलिंगीलाई समान बनाउन र समाजिक समस्या के हुन भनेर अनुसन्धान गर्न विश्वविद्यालय र सरोकारवालाले चाहेमा अध्ययनका लागि हामी तयार छौं ।’

समाचार शेयर गर्नुहोस्
965
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.