निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

समिलिंगी तेस्रोलिंगीका समस्यामा पनि अब अखिल क्रान्तिकारी लड्छ : संजिव फूयाल

समिलिंगी तेस्रोलिंगीका समस्यामा पनि अब अखिल क्रान्तिकारी लड्छ : संजिव फूयाल

493
SHARES

काठमाडौं (पहिचान) असार २७ – अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सदस्य संजिव फूयालले समिलंगी तेस्रोलिंगीका समस्यामा आफूहरुले लड्ने घोषणा गरेका छन् । पहिचानसँगको कुराकानीमा फूयालले विगतमा यौनिक तथा लैंगिक अल्पसंख्यकहरु खुलेर नआउँदा उनीहरुको समस्या वास्तविक समस्याका रुपमा स्थापित नभएको भन्दै समलिंगी तेस्रो लिंगीको विषय अब स्थापित मुद्धा भएको बताए ।

’हिजो समलिंगी तेसोलिंगीहरुले आफ्नो पहिचान नखुलाई बस्दा जे जस्ता समस्या भोगे भोगे अब उनीहरुले हिंसा र यातना खेप्नुपर्ने छैन,’ फूयालले भने, ’म ललितपुर जिल्लाको इन्चार्जको हैसियतमा छु त्यहाँ भएकाहरु खुलेर सम्र्पकमा आउनुहोस, हामीले जे गर्नुपर्ने हो त्यो सहयोगका लागि तयार छौ ।’ उनले अहिले पनि पहिचान नखुलाउँदा उनीहरु खुलेर बाच्न र अधिकार प्राप्त गर्न चुकिरहेको बताए ।
’शिक्षा लिनका लागि पनि यौनिक अल्पसंख्यकलाई केही समस्या भए क्रान्तिकारीले सहयोग गर्छ,’ केन्द्रीय सदस्य फुयालले भने, ’अध्ययनका लागि खुलेर म यौनिक तथा लैंगिक अल्पसंख्यक हुँ मलाई पढ्न समस्या छ भने ’स्कोलरसिप’ मिलाउने वा अन्य सहयोगबाट पढाउने काम हामी गर्छौ ।’ उनले यौनिक तथा लैंगिक अल्पसंख्यकको समस्या राष्ट्रिय समस्या भएको भन्दै सबै राजनीतिक संगठन र समाजका सदस्यले उनीहरुको मुद्धामा सहयोग गर्नुपर्ने बताए ।
अहिलेसम्म क्रान्तिकारीको ९ सय ९९ सय सदस्यीय केन्दीय समितिमा यौनिक तथा लैंगिक अल्पसंख्यक नरहेको भन्दै अबका दिनमा खुलेर आवद्ध हुन चाहेमा उनीहरुलाई पनि समेट्ने फूयालको भनाई थियो ।

समाचार शेयर गर्नुहोस्
493
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.